काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्की र बाराका २८ वर्षीय जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो।
परिसरका प्रवक्ता होवीन्द्र बोगटीले ना १ ज ५८८४ नंको सुमो बसमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दक्षिणकाली चाल्नाखेलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेकासँग ७९ पिस साडी र १३ थान लेहङ्गा बरामदसमेत गरेको छ। उक्त सामानको मूल्य ९० हजार बराबर रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।