जनकपुर- महोत्तरीको जलेश्वर अस्पतालमा विशेष नवजात शिशु स्याहार कक्ष सञ्चालनमा आएको छ।
मासिक ५० देखि ७० जना बच्चा जन्मने गरेका जलेश्वर अस्पतालमा विशेष स्याहार कक्षको अभावका कारण अञ्चल अस्पताल तथा अन्य स्थानमा पुर्याउनुपर्ने अवस्था रहेको थियो।
शिशु स्याहार कक्षका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रप्रसाद यादवले उद्घाटन गरेसँगै अब शिशु मृत्युदरमा कमी आउने बताए।
हालसम्म १५ शैयामा सीमित रहेको जलेश्वर अस्पतालमा बिरामीको चाप बढ्दै गएकोले , विगत केही वर्षदेखि अस्पतालमा सफल सिएस हुन थालेपछि उक्त कक्षको आवश्यक्ता रहेकाे थियो।
तत्काललाई विशेष नवजात शिशु स्याहार कक्ष र केही समयपछि भेन्टिलेटरसहितको कक्ष बिस्तार गरिने राज्यमन्त्री यादवले बताए।
हाललाई जलेश्वर अस्पतालमै कक्ष स्थापना गरिए पनि अस्पतालको अपग्रेडिङगका साथै बिस्तारै हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लक्ष्य रहेको मन्त्री यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।