जनकपुर– जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
धनुषा प्रहरीले जनकपुरधाम–२० देवपुरारुपैठाबाट ३२ वर्षीय इसराफुल खानलाई पक्राउ गरिएको जानकारी आइतबार दिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खानको घरमा तलासी गर्दा बाकसमा लुकाइएको अवस्थामा कटुवा पेस्तोल एक थान र पेस्तोलमा प्रयोग हुने गोली दुई राउन्ड फेला परेपछि उनलाई पक्राउ गरेको थियो।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।