कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ।
आइतबार बस्ने भनिएको बैठकमा चार जना मात्रै प्रदेश सभा सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले बताए।
बैठकमा सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक विद्यमान तथा प्रदेश मामिला समितिमा पास गर्ने र मुख्य मन्त्री त्रिलोचन भट्टले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो।
प्रदेश सभाको अर्काे बैठक आगामी फागुन ८ गत बिहान ९ बजे बस्ने छ। ८ गते बस्ने प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।