• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

धेरै कुरा त हामी पहिलोचोटि गर्दैछौं

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  १२:०२
1140x725

गत फागुन २ गते म मुख्यमन्त्री पदमा नियुक्त भएको ठिक एक वर्ष पुगेको छ। फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको एक वर्ष पुग्दैछ। 

सिंहदरबारमा केन्द्रित शासन व्यवस्था गाँउगाउँसम्म पुर्याउन संविधानले संघीय प्रणाली अवलम्बन गरेको छ। अहिले सिंहदरबारका अधिकार ७ वटा प्रदेश र स्थानीय तहसम्म पुगेको छ। संघीय प्रणालीको एउटा हिस्सा हो, प्रदेश सरकार। नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारहरु बनेका छन्। 

हामी शून्य संरचनाबाट अगाडि बढिरहेका छौं। संघ बनिबनाउ संरचनासहित पुरानै विरासतमा छ। स्थानीय तह विगतमा स्थानीय निकायका रुपमा अस्तित्वमा थिए। जसको आधारमा स्थानीय तहहरु निर्माण भएका छन्। तर प्रदेशको हकमा भने फरक छ। विगतमा नभएको संरचनाका रुपमा शून्य अवस्थाबाट हामी अगाडि बढ्दैछौं। 

हामीले आफ्नो पहिलो वर्षको कार्यकाललाई संघीयता कार्यान्वयन र त्यसका लागि आवश्यक कानुन तर्जुमा गर्ने वर्षका रुपमा कार्यातालिका नै बनाएर काम गर्यौं। हाम्रो यो पहिलो वर्ष कानुन निर्माण र आवधिक योजना निर्माणको वर्षको रुपमा रह्यो।

सुरुका केही महिना हामीलाई संरचना, कर्मचारी र कार्यालयहरु व्यवस्थापनमा बित्यो। चाहिएअनुसार कर्मचारी नआएपछि हामीले गर्न खोजेका काम छिटो छरितो ढंगले अगाडि बढ्न सकेनन्।

यद्यपि प्रदेशप्रति जनतालाई जोड्नका लागि हामी लागिरहेका छौं। हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्दैछौं।

हामीले प्रदेशको संरचनालाई छोटै समयमा पूरा गर्न सकिन्छ भन्ने सोचेका थियौं तर संघीय सरकारका तर्फबाट व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा बिलम्ब भयो। छ महिनाजति राजनीतिक स्तरका संरचनामै भर पर्नुपर्ने थियो। अहिले आएर प्रशासनिक संरचना निर्माण हुने क्रममा छन्। धेरै प्रदेश कार्यालयहरु स्थापित भइसकेका छन्। यद्यपि जनशक्तिको अभाव खड्कँदो रुपमै छ। 

बितेको एक वर्ष तपाईहरुले सोचेजस्तो र हामीले चाहेजसरी काम गर्न सकेनौं। यसमा केही प्राविधिक कुराहरु छन्। यो अवधिभित्र संघीयताको आधारभूत संरचना तयार गर्न हामीलाई समय लाग्यो।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यालय स्थापना भइसकेपछि एक हिसाबले कामको प्रक्रिया संस्थागत ढंगले अगाडि बढ्ने आधार तयार भएको छ। अर्को कुरा कानुनको आवश्यकता थियो। कानुन निर्माणको प्रक्रियामा हामीले दुई वटा अधिवेशनमा गरी २४ वटा ऐन पारित गर्यौं। निर्देशिका र कार्यविधिहरु दर्जनौं तयार गर्यौं। तेस्रो अधिवेशनमा पनि दर्जनौं विधेयकहरु प्रदेशसभामा पेस भइरहेका छन्। त्यतिकै मात्रामा कार्यविधि लगायतका कानुनहरु पनि निर्माण भइरहेका छन्। तेस्रो अधिवेशन सकिँदा प्रदेशलाई आवश्यक धेरै कानुनहरु बनाइसक्छौं। 

यतिबेला हाम्रो ध्यान आवधिक योजना निर्माणमा छ। हामीले सरोकारवालाहरुसँग छलफल गरेर आवधिक योजनाको आधारपत्र सार्वजनिक गरिसकेका छौं। अब चाँडै आवधिक योजनापूर्ण रुपले तयार हुन्छ। यसो भयो भने प्रदेश व्यवस्थित कार्ययोजनाका साथ अघि बढ्छ। 

अब हामी के गर्ने भन्ने कुरा हामीले बनाउँदै गरेको आवधिक योजनाले प्रष्ट पार्छ। प्रदेशको स्थिति के छ र हामीले के गर्ने भन्ने विस्तृत रिपोर्ट तयार गर्देछौं। आवधिक योजनासँग जोडेर विस्तृत योजना बनाएर अघि बढ्छौँ।

हो, बितेको एक वर्ष तपाईहरुले सोचेजस्तो र हामीले चाहेजसरी काम गर्न सकेनौं। यसमा केही प्राविधिक कुराहरु छन्। यो अवधिभित्र संघीयताको आधारभूत संरचना तयार गर्न हामीलाई समय लाग्यो। हामीसँग पर्याप्त जनशक्ति, र आवश्यक पूर्वाधार बनिसकेको छैन्। धेरै कुरा त हामी पहिलोचोटि गर्दैछौं। 

हाम्रो प्रदेशको विकासको कुरा गर्दा नेपालको विकासका साझेदारहरु, निजी क्षेत्रका लगानीकर्ताहरुको महत्वपूर्ण सरोकारको क्षेत्रका रुपमा प्रदेश १ लाई स्थापित गर्ने कुरामा सफलता हासिल गरेका छौं। लगानीकर्ताका हिसाबले पनि १ नम्बर प्रदेश अनुकूल हो भन्ने सन्देश दिने कुरामा सफल भएका छौं। निजी क्षेत्र यो प्रदेशमा आउन तत्पर रहेको हामीले पाएका छौं। 

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएका छौं। कृषि क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकासमा जोड पुर्याउँछ भन्ने मान्यताका आधारमा पहिलो प्राथमिकता कृषि क्षेत्रमा दिएका छौं। 

त्यसमा हामीले नीतिगत रूपमा कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरूका लागि सुनिश्चित आधार तयार गरेका छौँ। व्यावसायिक खेतीका लागि भण्डारण क्षमताको आवश्यकता पर्छ। यसै वर्ष तीन वटा शीत भण्डार बन्दैछन्। यान्त्रिकीकरणका सन्दर्भमा अनुदानको व्यवस्था गरेका छौँ। सहकारीलाई कृषिसँग जोड्न, किसानका उत्पादनलाई बजारसम्म जोड्न योजना बनेका छन्। यी सबै कुराहरू कार्यान्वयनको चरणमा छन्। हाम्रो प्रदेशमा मिल्क होलिडेको ठूलो समस्या थियो। यसको तत्कालको समस्यालाई कम गर्न विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट स्तरोन्नति र सुदृढीकरणको लागि कामकाज अघि बढेको छ। साथै दिर्घकालिन रुपमा मिल्क होलि डे को समस्या हुन नदिन सहकारी र डेरी व्यवसायीहरुको संलग्नतामा एउटा पाउडर प्लान्ट स्थापना गर्दैछौं। हाम्रो प्रदेशलाई आत्मनिर्भर अर्थतन्त्र भएको प्रदेश बनाउन हामीले हरित अभियान घोषणा गरेका छौं।

विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनको निम्ति प्रदेश मन्त्रिपरिषदबाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ। प्रदेशभित्र रहेका सबै विमानस्थलहरुमा विराटनगर विमानस्थलबाट उडान सेवा शुरु गर्न पहल थालिएको छ।

हाम्रो प्रदेशको भविष्यको समृद्धिको आधार पर्यटनसँग जोडिएको छ। हामीले एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कानको नारा सहित पर्यटन पूर्वाधारलाई जोड दिएका छौँ। हामीले गौरब गर्नुपर्छ संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा पर्दछन्। यति हुँदाहुँदै पनि हाम्रो प्रदेशबाट यी हिमालहरुको हवाई दृश्य गर्ने व्यवस्था थिएन। हामीले निजी क्षेत्रको समन्वयमा माउन्टेन फ्लाइट संचालनमा ल्याएका छौं। यो शुरुवात मात्र हो, पर्याप्त होइन यसलाई हामी चाँडै व्यवस्थित र नियमित बनाउँदैछौ। जसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकियोस्। 

विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनको निम्ति प्रदेश मन्त्रिपरिषदबाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ। प्रदेशभित्र रहेका सबै विमानस्थलहरुमा विराटनगर विमानस्थलबाट उडान सेवा शुरु गर्न पहल थालिएको छ। अहिले विराटनगर र भद्रपुर विमानस्थलमा रात्रिकालिन हवाई उडान समेत सञ्चालन हुन थालेको छ। निजि क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेको छ। यसलाई हामी तुम्लिंटार र दोलालघाटसम्म विस्तार गर्नका लागि अध्ययन थालेका छौं। चियाको राजधानी इलामको सूर्यौदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकिय नगर र गाउँपालिका घोषणा गरिएको छ। 

जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न तथा प्रहरीको मनोबल उच्च बनाउन जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत फोन, इमेल, फ्याक्स, स्थान लगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घर घरमा स्टिकर टास्ने काम हामीले गरेका छौं। करिब १० लाख घर धुरीमा यस्तो सूचनामुलक स्टिकर टासिएको छ। जसबाट प्रदेशबासीले सुरक्षाको अनुभूति गरेको खबरहरु छापा, टेलिभिजन, रेडियो, अनलाइन मिडियाहरुबाट पढ्न, हेर्न र सुन्न पाउँदा मलाई खुसी लागेको छ। 

सुरक्षित सीमा, सुरक्षित जीवन, खुल्ला सिमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर आउट पोष्ट (वीओपी) हरुको योजनाबद्ध विकास गर्ने उदेश्यका साथ १३ वटा विओपी निर्माण कार्य अघि बढाईएको छ।

उत्तरी सिमा क्षेत्र चिनसँगको व्यापारीक नाकाको रुपमा विकास गर्ने लक्ष्य राखिएको किमाथांका र ओलाङचुङगोलामा समेत विओपी स्थापनाको प्रक्रिया अघि बढाईएको छ। 

मुख्यमन्त्री अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकिकृत शान्ति सुरक्षा, बिपद ब्यवस्थापन र स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यले यस वर्ष तराई, भित्रीमधेश र पहाडका एक–एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकल सहितको व्यवस्थापन गर्देछौं। 

प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष स्थापनाका लागि काम भएको छ। 

भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने मेरो सरकारको निति छ। हामी पहिलोपटक नयाँ संरचनामा छौं। यो बेला हामीले नै हो थिति बसाउने। त्यसैले प्रदेश सरकार आर्थिक मितव्ययी छ।

कारागार सुधारका कामहरु भएका छन्। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ४९ नयाँ प्रहरी चौकी निर्माणको काम अगाडि बढेको छ।

शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विषयमा हामीले ध्यान दिएका छौँ। विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन म स्वयम् यो प्रदेशका अल्पसंख्यक तीन जना बालबालिकाको अभिभावकत्व लिदै यस अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिएको छ।यो वर्ष खेलकुदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदानहरू निर्माण हुँदैछन्।

यो वर्ष हामीले स्वास्थ्य प्रवद्र्धन बर्षको रुपमा २०७५ घोषणा गरी स्वास्थ्य सरसफाई र स्वास्थ्य जीवन कार्यक्रमका लागि प्रभावकारी सञ्चार सचेतना जगाउने काम गरेका छौं। यसका लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सद्भावना दूतका रुपमा नियुक्त गरेका छौं। शिक्षा र स्वास्थ्यमा हाम्रो विशेष जोड रहेको छ।

प्रदेशस्तरमा विद्यालयतहको सिकाइलाई प्रविधियुक्त बनाउन र साधनस्रोत व्यवस्थापन गर्न इक्वालिटी फाउण्डेशन नेपालसँगको साझेदारीमा कम्प्युटर प्रविधियुक्त सिकाइका माध्यमबाट किताब र झोला रहित शिक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ। ९५९ वटा सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याबहरु स्थापना हुँदैछन्।

प्रदेश विश्वविद्यालय स्थापनाका लागि तयारी भइरहेको छ। मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता र मुख्यमन्त्री अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्न एन्फासँग सम्झौता भएको छ। हाम्रो प्रदेशमारहेका १४ वटै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने कार्य थालिएको छ। कोशी अञ्चल अस्पताललाई विशेषज्ञ चिकित्सकसहित शिक्षण अस्पलाल बनाउन पहल थालिएको छ। 

भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने मेरो सरकारको निति छ। हामी पहिलोपटक नयाँ संरचनामा छौं। यो बेला हामीले नै हो थिति बसाउने। त्यसैले प्रदेश सरकार आर्थिक मितव्ययी छ। हामी वित्तिय अनुशासनमा रहेर काम गरिरहेका छौं जसका लागि वित्तिय अनुशासन कायम गर्न सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि हामीले निर्देशिका नै जारी गरेका छौं। 

हामीले पाँचथरको कुम्मायक, तुम्बेवा, तेह्थुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरुलाई राहत प्याकेज उपलब्ध गराएका छौं। यसका लागि विज्ञटोलीले अनुगमन गरी मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरी वितरण गरेका छौं। यसरी सरकार आफ्ना नागरिकका समस्यमा मुकदर्शक बनेर होइन, जनताका सहयोगी र सारथी बनेर घरदैलोसम्म पुग्न खोजेको छ। 

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो। प्रदेशहरु जति बलिया हुन्छन्, संघीयता त्यति नै प्रभावकारी भएको मानिन्छ।

दिगो विकास र समृद्धिको आधार पर्याप्त पूर्वाधार लाई मूल मन्त्र मानि भौतिक पूर्वाधारको विकासमा हाम्रो ध्यान केन्द्रित छ। प्रदेशको बृहत्तर विकास गर्नका लागि प्रदेश गुरुयोजना तयार हुँदैछ। गुरुयोजना अनुसारका पूर्वाधारहरु निर्माण हुनेछन्। प्रदेशभरीको सडकको पूर्ण तथ्यांक तयार गर्देछौं। संघ, प्रदेश र स्थानीय  तहमा रहने सडकहरुको वर्गीकरण गर्दे सबै स्थानीय तह छुने सडकको स्तरोन्नतिमा हामी लागि परेका छौं। एउटा निर्वाचन क्षेत्रमा कम्तिमा एउटा प्रदेश स्तरीय सडक र एउटा पक्कि पुल निर्माण गर्न थालिएको छ। हाम्रा सडकहरुमा सडक सुरक्षा र सुशासन कायम गर्न नयाँ कामको थालनी गरिएको छ। नेपालमै पहिलो पटक शुरु हुन लागेको यो कार्यक्रम हाम्रो प्रदेशका छ वटा जिल्लाहरुमा १०/१० किलोमिटर गरी ६० किलोमिटर सडकहरुमा प्रारम्भिक काम थालिएको छ। 

नेपालमै पहिलोपटक सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भण्टाबारीमा अत्याधुनिक सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरेर कामको योजना अगाडि बढेको छ।  

सडक, पुल, सिचाँई, भवन, खानेपानी लगायतका योजनाहरुको विस्तृत सर्वेक्षण गरी डिपिआर तयार पार्ने काम गरिएको छ। यसरी डिपिआर तयार भइसकेपछि योजनाका कामहरु अब फटाफट अगाडि बढाउन सजिलो हुनेछ।

प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा सडक तथा पक्की पुलका योजनाहरु एकएक वटा राख्ने गरी बहुवर्षिय योजना छनौट गरी काम अगाडि बढेको छ। मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा लागू हुदैछ। यसले समानुपातिक विकासमा जोड दिन्छ भन्ने मलाई लाग्छ। यसरी समानुपातिक विकासलाई प्राथमिकता दिँदा फायल बोकेर माग्ने र धाउने युगको अन्त्य गर्न सकिन्छ भन्ने मेरो मान्यता रहदै आएको छ।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो। प्रदेशहरु जति बलिया हुन्छन्, संघीयता त्यति नै प्रभावकारी भएको मानिन्छ। त्यस अर्थमा हाम्रो प्रयास प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्नेमा केन्द्रित छ।

(प्रदेश १ सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा मुख्यमन्त्री शेरधर राईले जारी गरेको प्रेसनोट)

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्