• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘टिकटमा कविता’का प्रयोक्ता रमेशको अनुभवः त्यो मेरो दुस्साहस थिएन

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १०, २०७४  ०९:४३
1140x725

काठमाडौं– रुखहरुले पालुवा हाल्दै गर्दा २०६२ सालले नयाँ फूल फुलायो– बैसाख। विम्बकवि रमेश श्रेष्ठलाई कवितामा नयाँ पालुवा हाल्नु थियो। फेवा–किनारतिर टहलिँदा उनमा एकाएक सोच आयो– टिकटमा एकल कविता वाचन। 

नयाँवर्षको संकल्प पूरा गर्नतिर लागे उनी।

यसअघि पोखरेली स्रष्टाहरुले नै सुरु गरेका थिए टिकटमा मुक्तक। पोखरेली युवा सांस्कृतिक परिवारले पहिलो पटक २०३५ माघ २० गते शुल्कसहित मुक्तक सुनाउने कार्यक्रम गरेको थियो। हुन त त्यसअघि पनि एकल कविता वाचनका कार्यक्रम नभएका होइनन्। रमेशले आँटै गरे– कविता वाचनको कार्यक्रम सुरु गर्नुपर्छ। सित्तैमा होइन टिकटमा। उनलाई लाग्थ्यो– साधना र परिश्रमको फल हो कविता; यसको पनि मूल्य हुनुपर्छ।
 
एउटा विम्बकविले माछापुच्छ्रेको चुचुरोमा स्निग्ध भएर ठडिएको देख्यो कविता। फेवातालमा बहने डुंगाले हल्लाइदिने छालसँगै कविता कुलकुलाएको सुन्यो। र, सिंगो पोखराभरि कविताको विम्बैविम्ब छरिएको पायो। ऊ पुग्यो केही अग्रजकहाँ र प्रस्ताव राख्यो– ‘अब हामीले टिकटमा कविता वाचनको कार्यक्रम राख्नुपर्छ। यसका लागि केही योजना बनाऔं र नयाँ प्रयोग पोखराबाटै थालनी गरौं।’
 
ती अग्रजले उनको प्रस्तावलाई चासोपूर्वक लिएनन्। 'सोचे होलान्, पैसा बटुलेर कविता सुनाउने? गलत काम त गर्दै छैन भन्ने पनि लाग्यो,’ उनी भन्छन्, ‘रमेश कवितामाथि दुस्साहस गर्दैछ भन्नेहरु पनि निस्किएछन्। तर मेरो त्यो दुस्साहस थिएन।'

अग्रजको ‘उपदेश’ सुने र, उनी फर्किए। तर निराश भएनन्। किनकि हुटहुटी थियो– अरुले साथ नदिए पनि कुनै तरिकाले कविताको मूल्यलाई स्थापित गराउँछु भन्ने।
 
त्यसबेला उनी कविता क्लब नेपालका संस्थापक अध्यक्ष थिए। ‘कविताको प्रवर्द्धन र मूल्य खोजीका लागि नयाँ गरौं भन्ने ममा सोच थियो,’ उनी १२ वर्षअघि फर्किए, ‘एकल कवितालाई टिकटमा आयोजना गर्न सकिन्छ भन्ने कन्सेप्ट नै थिएन। तर केही हितैषी र कविताप्रेमी साथीको सहयोगबाट पोखराले टिकटमा एकल कविता वाचनको सुरुवात गर्ने मौका पायो।’

यसरी, रमेश श्रेष्ठ टिकटमा एकल कविता वाचनका प्रथम प्रयोक्ता बन्न पुगे। २०६२ जेठ २७ गते शुक्रबार पोखराको ओपन हाउस रेस्टुरेन्टमा उनले आफ्ना मूल्यवान् कविता मूल्यवान् दर्शक/स्रोताका लागि पस्किए। उनी आफूमात्रै कविता वाचन गरिरहेका थिएनन्। सँगसँगै उनले चाँजो मिलाएका थिए, सुमधुर संगीतको।

पछिल्लो पंक्तिमा महिपाल लामा, सुनिल थापा, राजा मुखिया, दीलिप गायक र अमित गुरुङ संगीतको धुन फिँजाइरहेका थिए, रमेश आफ्ना कवितालाई धुनसँगै मिसाइरहेका थिए।

एक जना बराबर टिकटको मूल्य राखिएको थियो पाँच सय। ‘५०–६० जना आऊलान् भन्ने थियो,’ उनी तरंगित हुँदै सुनाउँछन्, ‘एक सय दुई जना सहभागी हुनुभएछ। सहभागीबाटै ५१ हजार संकलन भयो।’

Ncell 2
Ncell 2

त्यत्रो कविताप्रेमीको लहरमा केही अग्रज भने उपस्थित थिएनन्। तिनै अग्रज, जसलाई यही कार्यक्रमको योजना बनाउन उनी सल्लाह लिन पुगेका थिए।

‘हल खचाखच भए पनि आफूले मानेका ‘दाइहरु’ नआउँदा खल्लो लागेको थियो,’ उनी सुनाउँछन्, ‘त्यो तितो अझै कताकता मनमा गाडिएको छ।’ तर उनमा एउटा चुकचुक बाँकी नै रहेछ– कार्यक्रमको भिडियो रेकर्ड नभएकोमा।

त्यसको करिब डेढ वर्षपछि २०६३ माघ २२ मा उनी राजधानी आइपुगे। नेपाल पर्यटन बोर्डमा आयोजित एकल कविता वाचनमा उनी सुनिए, सशुल्क। यहाँ भने प्रति टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको थियो। विभिन्न कम्पनीले कार्यक्रमको प्रायोजन गरेका थिए। ‘कति सहभागी थिए र कवि रुपैयाँ संकलन भयो, थाहा पनि भएन,’ उनी भन्छन्, ‘मलाई ४० हजारजति दिइएको थियो।’ यसलाई उनी आम कविप्रतिको सम्मान र कविताको मूल्य हो भन्न रुचाउँछन्।

त्यसयता उनले नौ वटा एकल कविता वाचन गरिसकेका छन्। इंग्ल्यान्डको भूमिमा पनि उनले दुई ठाउँ नेपाली कविताको छाप छोडेर आए सन् २०११ मा। एउटा टिकटको मूल्य पाँच पाउन्ड तोकिएको कार्यक्रमबाट उनलाई आयोजकले एक लाख रुपैयाँभन्दा बढी नै थमाइदिएका थिए। 

कविता वाचनको पछिल्लो शृंखला रह्यो कतार। कतारमा रहेका नेपालीहरुको साहित्यिक संस्थाले सन् २०१७ मा आयोजना गरेको एकल वाचनमा रमेशले १५ वटा कविता सुनाएका थिए।

भूगोलअनुसार कविताका दर्शक फरकफरक पाइने गरेको उनले अनुभव साटे। ‘खाडी मुलुकमा कामको अत्यधिक चाप हुन्छ। लेख्नेपढ्न समय निकाल्नै गाह्रो भएकाले यस्ता कार्यक्रममा रुचिपूर्वक आउने कम हुँदा रहेछन्,’ उनले देखेका थिए, ‘युरोपियन देशमा भने कार्यक्रम भव्य तरिकाले गरिएको हुन्छ, कविता कन्सर्ट जस्तो।’

देशबाहिर समेत उनले दुई ठाउँ आफ्नो पर्फमेन्स देखाइसकेका छन्। वाचनले पनि कविको क्षमता र प्रस्तुति चिनाउने ठान्छन् उनी। ‘कविता किताबमा पढ्नु एउटा पाटो भयो,’ उनी भन्छन्, ‘दर्शकहरुसामु हाउभाउसहित गरिएको कविता प्रस्तुतिले बेग्लै महत्व राख्छ।’

महँगो टिकट नै काटेर कविता सुन्न किन जाने? 

प्रश्न झर्नासाथ उनले प्रतिप्रश्न गरिहाले, ‘कवितालाई नै संगीत भरेर गाएपछि गायकले लाखौं कमाउने, अनि कविता चाहिँ सधैं मूल्यहीन भइराख्नुपर्ने?’

उनको प्रश्न गलत थिएन। कविताको मात्र होइन कला–साहित्य सबैको मूल्य हुनुपर्छ। तर एकल कविताका नाममा भित्रिएका केही विकृति उनलाई पटक्कै चित्त बुझेको छैन। थोरै भए पनि कविताको मूल्य हुनुपर्छ भन्छन् उनी।
 
प्रायः शनिबार कतै न कतै एकल कविता वाचन कार्यक्रम भइरहेका हुन्छन्। केही संस्थाले त नियमित रुपमै फरकफरक कविको उपस्थितिमा हल भाडामा लिएरै कार्यक्रम आयोजना गर्दै आएका छन्। 

‘आफू मञ्चमा आउनका लागि आफैं कार्यक्रमको व्यवस्थापन गर्न तम्सिनेहरु पनि छन् भन्ने सुनिन्छ,’ उनलाई लागेको हो, ‘कविता लेख्ने कम तर वाचन गर्न रुचाउने बढी भए भने त्यहाँ सोच्नुपर्ने हुन्छ।’ उनको संकेत थियो, धैर्य र साधना गर्नेहरु कम हुँदै गए। हतारमा छपाउने र मञ्च पाउनासाथ सुनाइहाल्ने प्रवृत्ति बढ्यो। 

उनको चिन्ता प्रस्ट छ– यो प्रवृत्ति कविताका लागि घातक हो।

‘कवितामा अहिले मेहनत गर्नेहरु निकै कम देख्छु। कविता सस्तो हुनुहुन्न, कवि त कविता जस्तै पो देखिनुपर्छ,’ उनी अर्को समस्या पनि देख्छन्, ‘नयाँ पुस्ताले अग्रजलाई नगन्ने अनि अग्रजले नयाँलाई नपत्याउने प्रवृत्ति निकै झाँगिएको छ। यसले कसैलाई भलो गर्दैन।’

फर्केर हेर्दा के सोच्दा हुन् रमेश?

‘आफूले कुनै पनि काम थाल्दा जोखिम निकै हुँदो रहेछ,’ उनले दृष्टान्त दिए, ‘रिस्क लिएर नारायणगोपालले गाएका थिए। पछि अरुले उनकै शैली पछ्याए तर जोखिम त उनले मात्रै लिएका हुन् नि।’
 
नेपाली कवितालाई मूल्य र मान्यता प्रदान गर्न भन्दै टिकटमा एकल कविता वाचन सुरुवात गरेका रमेश १२ वर्षपछि पुन: पोखरा नै फर्किएका छन्, कविता सुनाउन। शुक्रबार (आज) उनी 'कविता र साँझ' मा रहनेछन्। बाल अनाथालयको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा २० वटा कविता सुनाउने तयारी छ उनको।

जहाँबाट टिकटमा कविता वाचनको सुरुवात गरेका थिए, त्यही ठाउँमा १२ वर्षपछि उभिनै लाग्दा कस्तो महसुस गरेका होलान् उनले?

'मेरो पहिलो कार्यक्रम लाइभ म्युजिककै साथमा थियो। अहिले टिपिकल नेपाली बाजा सारंगी, बाँसुरीको साथमा सुनाउँदैछु,' उनी भन्छन्, 'कविताका किताब किनेर पढ्न छोड्दै गएको बेला सुनाएरै कविताप्रतिको प्रेम जगाइराख्नुपर्छ भनेर लागिरहेको हुँ।'

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्