• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वलडाकुले गृहमन्त्रीकै अगाडि विष पिएको त्यो दिन

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १३:२६
1140x725

काठमाडौं– मंसिर ५, अर्थात् विस्तृत शान्ति सम्झौताको ठिक १२ वर्ष पुगेको दिन।

यही दिन एउटा समाचार भाइरल बन्यो अनलाइनहरुमा– 'गृहमन्त्रीकै अगाडि पूर्व लडाकुले खाए विष…'

बहालवाला गृहमन्त्रीकै अघिल्तिर मृत्युवरणको प्रयास! यो सामान्य खबर थिएन। 

'पीडाको कुनै सुनुवाइ भएन भने गृहमन्त्रीकै अगाडि मर्छु भन्ने तयारीका साथ विषको सिसी बोकेर त्यहाँ पुगेको थिएँ,' नेपाल लाइभ कार्यालयमा आइपुगेका कुलप्रसाद भट्टराई 'कुसुम'ले सुनाए। 

000

जम्मा १३ वर्षकै उमेरमा तत्कालीन नेकपा माओवादीमा आबद्ध भए भट्टराई। युद्धकालमा जुन उत्साह र जोस थियो, शीर्ष नेताहरुले देखाएको सपनाले त्यसलाई दोब्बर पारिदिन्थ्यो।

जब शान्ति सम्झौतापछि माओवादी मूलधारको राजनीतिमा आयो। संघर्षको अनेकौं मोर्चामा होमिएका लडाकुहरु बिस्तारै छुट्दै गए। नेताहरु सत्ताको वरिपरि घुम्न थाले।

यही निराशाबाट गुज्रिएका भट्टराईले योजना बनाए– गृह मन्त्रालय छिरेर मन्त्रीलाई आफ्नो गुनासो सुनाउने। 

Ncell 2
Ncell 2
nimb
nimb

५ गते उनी गृह मन्त्रालयतिर सोझिए। सचिवालयमा प्रवेश गरे। तीन घन्टा पर्खिएपछि मात्रै बल्ल उनले गृहमन्त्री रामबहादुर थापा 'बादल'को दर्शन पाए।

थापाको कार्यकक्षमा प्रवेश गर्दा तीन जना थिए। बीचमा मन्त्री थापा। दायाँतिर उनका छोरा प्रतीक र बायाँतिर सल्लाहकार सूर्य सुवेदी।

गृहमन्त्री समक्ष भट्टराईले कसरी माओवादी युद्धमा सहभागी भएँ भन्नेदेखि टहराको बाससम्मका अवस्थाबारे बेलीविस्तार लगाए। युद्धकालमा शरीरमा लागेका गोली र छर्राका विवरण सुनाए। उपचारका क्रममा लागेको ऋण तिर्न नसकेको पीडा कहे। सहयोगको याचना गर्दा पाएका दुर्वचन र हैरानीको फेहरिस्ता सुनाए। अनि, आर्थिक सहायताका लागि अनुनय गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गृहमन्त्रीले सुनीमात्रै रहे, केही प्रतिक्रिया जनाएनन्। बरु सल्लाहकार सुवेदीले हकारे, ‘जे गर्ने हो गर्नुस्, कुनै सहयोग गर्न सकिन्न।’

उनलाई करेन्ट लागेजस्तो भयो। 'युद्धकालमा गोली लाग्दाभन्दा बढी पीडा महसुस भयो,' एकछिन रोकिएर उनले लामो सास फेरे, 'युद्धकालमा सहयोगी कमरेडहरु यिनै हुन् त भन्ने प्रश्न उब्जियो। जीवन जिउने आशाको त्यान्द्रो पनि चुटिएजस्तो भयो।'

सल्लाहकारको जवाफले उनलाई झन् दृढ बनायो। त्यतिन्जेलसम्म पनि बादल बोलेनन्। बरु भट्टराई नै अघि सरे, 'मेरो मर्ने अवस्था आइसकेको छ। बाहिर मर्नुभन्दा तपाईकै अघि मर्छु।'

लगत्तै उनले खल्तीबाट सिसी निकाले र विष स्वाट्टै पारे। बेहोस अवस्थामै उनलाई सुरक्षाकर्मीले वीर अस्पताल पुर्‍याए।

अहिले उनमा विषको असर त निको भइसक्यो तर विगतको घाउ चहर्‍याइरहेको छ। गृहमन्त्रीको अगाडि विष सेवन गर्नुअघि उनीसँग जेजे निराशा र पीडा थिए, ती सबै उस्तै छन्। 'झन् थपिएको पो छ,' उनी भन्छन्।

बन्दुकदेखि विषसम्म 
दुब्लो शरीर। गढेका आँखा। हड्डी देखिने गाला। उकुसमुकुसले थिचिए जस्तो अनुहारको भाव। 

नेपाल लाइभ कार्यालयमा आउँदा एकसरो कपडा र फाटिसकेको जुत्तामा थिए भट्टराई। बन्दुकदेखि विषसम्मको अवधिमा सास्तीका हजार पुल तरेका छन् उनले। 

१७ वर्षअघि तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र युद्धमा सहभागी भएका थिए। जतिबेला उनको उमेर थियो १३ वर्ष। कलिलो काँधमा सर्वहाराको जनसत्ता स्थापना गर्ने जिम्मेवारीको हिस्सा थपिएको थियो।

माओवादी युद्धले उच्च प्रभावित जिल्लामध्येका एक कालिकोटका बासिन्दा हुन्, उनी। माओवादी नेताको जादुयी भाषणले उनलाई नतान्ने कुरै थिएन। अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जनवादी भाषण उनलाई अहिले पनि सम्झना छ। संसारै जित्ने सपना देखाएका थिए नेताहरुले। अझ जुरुकजुरुक पार्ने भाषणले उनको उत्साहमा घिउ थपिदिन्थ्यो।

सुरुवातमा बाल संगठनमा जोडिए, उनी। संगठकका रुपमा उनका प्रारम्भिक दिनहरु अन्य बालबालिकालाई माओवादीप्रति आकर्षित गराउने थियो। 'बुर्जुवा शिक्षा पढाउनु हुँदैन' भन्दै उनी अन्य बालबालिकालाई माओवादी युद्धमा होमिन उत्प्रेरित गर्थे। नेता, लडाकु तथा कार्यकर्ताको पत्र ओहोरदोहोर गराउँथे। काम जिम्मेवारपूर्वक र प्रभावकारी ढंगले गर्थे। 

'मेरो क्षमताको पार्टीले मूल्यांकन गर्‍यो। लालसेनामा पदोन्नति भएँ,' उनी भन्छन्, 'त्यसपछि ठूलासाना लडाइँमा सहभागी भइयो।' आफूले पड्काउने प्रत्येक गोलीले गरिबको सत्ता नजिकिएजस्तो महसुस हुने सुनाउँछन् उनी।

२०५९ कात्तिक २८ मा जुम्ला, २०६० चैत ७ मा बेनी तथा २०६२ साउन ३२ मा पिली आक्रमणमा उनी पनि युद्धमोर्चामा सामेल थिए। युद्धका अनेक अनुभूति छन् उनीसँग। कतिपटक जितका नारा लगाए। कतिपटक आँखैअगाडि सहिद भएका साथी सम्झेर रोए।

मकवानपुरमा भएको भिडन्तमा भट्टराईको टाउकोमा गोली लाग्यो। बेनी आक्रमणमा 'दुस्मन'को गोलीको निसाना उनको कोख बन्यो। आफ्नो शरीर ध्वस्तै भए पनि राज्यसत्ता ध्वस्त नपारी नछाड्ने दृढताका कारण उनी खटिइरहे। माओवादी सेनाबाट विश्राम लिएनन्। शरीरमा गोली लागेर के भयो, आँट र सपना मरेको थिएन। साम्यवादी राज्यको कल्पना सग्लै थियो।

त्यतिबेला माओवादी नेताहरुले अभिव्यक्त गर्ने शब्दावली सापटी लिँदै उनी भन्छन्, 'राज्यसत्ता परिवर्तनका साथै नेपाली जनताको भाग्यरेखा कोर्नको लागि माओवादी भएको थिएँ।'

उतिबेलाको आफ्नो बुझाइ सम्झेर अहिले फिस्स हाँस्छन् उनी। जनताको भाग्यरेखा होइन, नेतृत्वका सुविधा र लडाकुका अन्धकार भविष्य रेखा कोरिएझैं लाग्छ उनलाई।

'धनी र गरिब कोही हुन्नन्, सबै बराबरी' भन्दै नेताहरुले गर्ने भाषण त जनता झुक्याउन गरिएको रहेछ भन्ने महसुस भएको छ उनलाई। 

'भ्रममा परियो,' उनी छुटिसकेको समयप्रति चुकचुकाए।

उत्साहपूर्ण विगत, नीरस वर्तमान
नेताप्रतिको आक्रोश उच्च छ उनमा। युद्धमा आफूहरुलाई होमेर अलपत्र बनाइएको बुझाइले दिक्क देखिन्छन्।

यही चरम दिक्दारीको परिणाम थियो– विष सेवन।

शान्ति प्रक्रिया सुरु भएसँगै माओवादी सेनाहरु क्यान्टोमेन्टमा एकत्रित भए। उनी पनि अस्थायी शिविर चितवनको शक्तिखोर पुगे। शिविरमा बस्नु भनेकै विगत सम्झिनु र भविष्यप्रति अन्योल हुनु थियो। लडाइँका भागदौडमा उनले बेवास्ता गरेको घाउ शिविरको स्थिरतामा बल्झिन थाल्यो।

युद्धका कारण लामो समय घरमा बस्न नपाएका उनी बिदा मिलाएर केही समय घरमै बसे। तर, गाउँ उनले छाडेर हिँडेजस्तो थिएन। युद्धले धेरै परिवर्तन गराइदिएको थियो। उनी शिविरमै फर्किए।

गोली लागेकाले उनमा घाउ बल्झियो। अस्पताल भर्ना भए। त्यसै समय माओवादी सेनाको बहिर्गमन प्रक्रिया सुरु भएको थियो। योग्य/अयोग्य वर्गीकरणका बेला शिविरमा नभएकाले उनी समायोजन प्रक्रियाबाट छुटे।

यसपछि नै जीवनको दु:खद ‘टर्निङ प्वाइन्ट’ आएको उनी बताउँछन्। अयोग्य, बर्हिगमित वा नेपाली सेनामा प्रवेश कुनै पनि विकल्प उनका लागि सहयोगी भएनन्। उनी ‘यता न उता’का बने। 

'नेताको आश्वासनले जीवनको ऊर्जाशील समय खर्च गरेँ। कतै पनि पर्न सकिनँ,' निराश भावमा उनी बोल्छन्, 'आत्मग्लानि हुन्छ।' 

शिविरमै हुँदा हिँड्न नसक्ने, मुखबाट रगत बग्ने भएपछि उनी उपचार गर्न चितवन गए। पूर्ण निको हुन सकेनन्। नेपालगन्ज र काठमाडौंका अस्पतालमा पनि महिनौं बिताए। तर पुरानो घाउ पूर्ण रुपमा निको हुन सकेन।

शिविरमा हुँदा एकखालको दैनिकी थियो। त्यो पनि उनीबाट छुटिसकेको थियो।

उनले माओवादी युद्धमा गरेको योगदानबाट कुनै आर्थिक सहायता पाउन सकेनन्। रगत पसिनाको कुनै मूल्यांकन पनि भएन। उपचार तथा घर खर्चले दैनिक रुपमा समस्या थप्दै गइरह्यो। उनलाई आफू अँध्यारो सुरुङबाट भित्रभित्रै छिरिरहेको महसुस हुन थाल्यो।

अहिले कर्णालीका मुख्यमन्त्री शाही र भट्टराई छिमेकी गाउँले हुन्। शाही मुख्यमन्त्री बनेपछि भट्टराईमा आस जागेको थियो। केही खर्चको सहयोग भइदिए हुन्थ्यो भन्ने आसमा उनी शाहीलाई दु:ख पोख्न गए। तर, उनी निराश भएर फर्किए।

शाहीको भनाइ भट्टराईले सुनाए, ‘अहिले अधिकार प्रदेशलाई दिएको छैन। आर्थिक सहायता गर्न सक्ने अवस्थामा प्रदेश छैन।’

शाहीले अनेकथरि कानुनी समस्या देखाए। 'हिजो युद्ध लड्दा नचाहिएको कानुन थोरै सहयोग माग्दा चाहियो,' भट्टराईको अपेक्षा यो थिएन। 

द्वन्द्व पीडितलाई राज्यले उपलब्ध गराउने आर्थिक सहायता पाएनन् नै, पार्टीको तर्फबाट पनि सहयोग प्राप्त नभएपछि उनमा निराशाको तह उच्च छ।

प्रदेशपछि केन्द्रमै गुनासो सुनाउन आएका उनले यस्तो नियति भोग्नुपर्‍यो।

'प्रचण्डको नक्कली आँसु'
तत्कालीन माआवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष छन्। उनीकहाँ पनि दर्जनौं पटक पुगे भट्टराई। उनका कुरा सुनेर प्रचण्ड भावुक भए तर सहयेग गरेनन्। 

उनलाई लाग्छ, प्रचण्डका आँसु नक्कली हुन्। हिजोको युद्धलाई नेतृत्व गरेका आफ्नै कमरेडहरु मन्त्री छन्। सिंहदरबार उनीजस्ता सर्वसाधारणको लागि सहज पहुँचमा रहेनछ भन्ने त्यहीँ पुगेपछि थाहा पाए। 

केही दिनसम्म उनका पाइतालाले सिंहदरबारसम्म डोहोर्‍याइरह्यो। तिनै पाइताला दक्षिणी गेटमा पुर्‍याएर रोकिन्थे।

अनेक धपेडी खपेर गेटपासको चिर्कटो पाउने प्रक्रिया उनले थाहा पाए। त्यसपछि आफ्ना कमरेडले सम्हालेको मन्त्रालयमा धाउन थाले। 'सहयोगको याचना गर्दै नपुगेको कुनै मन्त्रालय छैन,' उनी भन्छन्, 'तर युद्धका बेलाका मिठा भाषण गर्ने कमरेडहरु तिता सुनिए।' हरेकले कानुनी अड्चन देखाउँदै पन्छिन थालेपछि उनमा आक्रोशको मात्रा थपियो।

उनी प्रत्येक दिनजसो सिंहदरबार जान्थे र फर्किएर कपुरधारास्थित टिनको टहरामुनि बास बस्न आइपुग्थे। 'टहरा पनि साहुले भत्काउने तयारी गरेका छन्। अब कहाँ बस्ने अन्योल थपिएको छ,' उनी डेरा बसाइको बाध्यता सुनाउँछन्। 

साथीभाइबाट प्राप्त सहयोगले दैनिकी धानिरहेका उनलाई शारीरिक अस्वस्थता र साँझ बिहानको गाँस जुटाउने समस्याले निराशाको उच्च तहमा पुर्‍याएको छ। प्रत्येक दिनको हैरानीले नौनाडी गलेका छन्। 

उनलाई दिक्क लगाउने एउटै प्रश्न छ– अब के गर्ने?

(नेपाल लाइभ अर्काइभबाट। पहिलोपटक २o७५ मंसिर १७ गते प्रकाशित यो स्टोरीलाई 'जनयुद्ध दिवस'का सन्दर्भमा पुन: प्रकाशन गरेका हौं।)

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्