लन्डन– इंग्लिस क्लब आर्सनलका मिडफिल्डर आरोन राम्सेले आगामी सिजन इटालियन क्लब युभेन्ट्सबाट खेल्ने भएका छन्। राम्सेसँग युभेन्ट्सले प्रि–कन्ट्राक्ट सम्झौता गरेको छ। उनीसँग ४ वर्षको सम्झौता गरिएको छ।
सम्झौता अनुसार राम्सेले साताको ४ लाख पाउन्ड (५ करोड ८७ लाख रुपैयाँ बढी) पाउनेछन्। योसँगै राम्से सार्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन्।
सम्झौता भएसँगे २८ वर्षीय मिडफिल्डर राम्सेले ११ सिजनपछि आर्सनल छाड्ने भएका छन्। वेल्सका अन्तर्राष्ट्रिय खेलाडी राम्सेसँग आर्सनलको सम्झौता आगामी ३० जुनसम्म छ। उनले ११ वर्षमा आर्सनलबाट २ सय ५९ खेलमा ६१ गोल गरे।
युभेन्ट्समा आबद्ध हुने भएसँगै राम्सेले आर्सनलबाट खेल्दा धेरै मीठा याद संगालेको बताए। उनले आर्सनलका सामर्थकलाई धन्यवाद दिँदै सधैं शतप्रतिशत खेल्ने प्रयास गर्ने बताएका छन्। यता युभेन्ट्सले पनि राम्सेलाई क्लबमा स्वागत गर्दै वेभसाइटमा सन्देश राखेको छ।
राम्से सन् २००८ मा कार्डिफ सिटीबाट आर्सनलमा ४.८ मिलियन पाउन्डमा आवद्ध भएका थिए। त्यसअघि उनी बार्सिलोना र पिएसजी जाने पनि हल्ला चलेका थिए। उनलाई भित्राउन वायर्न म्युनिख, इन्टर मिलान र रियल म्याड्रिडले पनि इच्छा देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।