लहान- सिरहाको नरहा गाउँपालिकामा इँट्टा ल्याई झार्ने क्रममा आज ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।
स १ त ३४६१ नंको ट्र्याक्टरमा इँट्टा ल्याई झार्ने क्रममा सोही ट्र्याक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षीय शिवनन्दन ठाकुरको मृत्यु भएको हो।
ट्र्याक्टरले किचिएर गम्भीर घाइते भएका ठाकुरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।