काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले नयाँवस्ती युथ क्लबलाई ३-१ गोलले हराएको छ।
आरसिटीका लागि संसार नन्द पलान्चोकेले २ गोल गरेका थिए। खेलमा अग्रता भने नयाँवस्तीले लियो। उसका लागि शान्तिकुमार चौधरीले दोस्रो मिनेटमै गोल गरे। पुकार आलले २९ मिनेटमा गोल गरेपछि आरसिटी खलमा फर्किएको थियो। पलान्चोकले खेलको ५१ र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए।
यता पुल्चोक स्पोर्टस क्लबले बाँसबारी क्लबलाई ३-१ ले हराएको छ। पुल्चोलका लागि टिकाराज गुरुङले १७, रामकाजी कुमालले ५२ र सुशील गुरुङले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए। बाँसबारीङ्का लागि नवीन थापाले ४७ मिनेटमा बराबरी गोल फर्काएका थिए। यद्यपी सो गोल सान्त्वनामै सीमित बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।