चितवन– सौराहामा १३ वर्षीय बालिका बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरी रहेका छन्।
उनीहरूले बालिकालाई ललाइफकाइ बलात्कार गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए।
पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरूलाई पक्राउ गरिएको डिएसपी ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।