काठमाडौं– तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका कामदारहरुलाई प्रयोग गरी सुन तस्करी गरेको पाइएपछि २ जनालाई पक्राउ गरिउको हो।
पक्राउ पर्नेमा सप्तरी मलानिया गाँउपालिका–१ का २० वर्षीय सन्तोष यादव र धनुषाका जनकनन्दनी नगरपालिका–२ मौवाका २५ वर्षीय समीम साफी छन्।
प्रहरीले यादवको साथबाट ४ थान र साफीको साथबाट ३ थान सुनको बाला बरामद भएको छ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शुक्रबार तिलगंगाबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।