• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनसेल लाभकर छली-२ : सर्वोच्च अदालतको मार्गनिर्देशक आदेश

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १२:२५
1140x725

एनसेलले अन्तरिम आदेशबाट २३ अर्बभन्दा बढी रकम विदेश लगेको विवादमा सुनुवाइ भइरहेकोमा सर्वोच्च अदालतले हिजो (माघ २३) फैसला गर्‍यो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान सहितको बृहत् पूर्ण इजलासले एनसेल र रेनोल्ड्स होल्डिङ्सले लाभकर बुझाउनुपर्ने गरी परमादेश रिट जारी गरेको छ।

एनसेल र रेनहोल्ड्स होल्डिङ्सले दायर गरेको रिट भने खारेज गरेको छ। नागरिक समाजका तर्फबाट डा द्वारिकानाथ ढुंगेल, पूर्व कार्यबाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री, डा जगदीशचन्द्र बरालसमेत ५ जनाले दिएको सार्वजनिक सरोकारको रिट निवेदनमा सुनुवाइ गर्दै अहिले पनि एनसेल आजियटाको प्रभावकारी नियन्त्रणमा रहेको भन्दै लाभकरको दायित्व आजियटा र एनसेलले बेहोर्नुपर्ने भनी सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। 

अब एनसेल खरिदकर्ता आजियटा नेपालमै भएको, एनसेलले नेपालमै वर्षमै अर्बौंको कारोबार गरिरहेको र उसको कम्पनी नेपालमै रहने हुनाले सर्वोच्च अदालतको फैसला बमोजिम कर असुलउपर गर्न अब कुनै कठिनाइ पर्नेछैन। कर असुल गर्ने कानुनी र संवैधानिक बाटो खुला भएको छ। अर्बौं कर असुलीको कृत्रिम विवाद टुंगो लागेको छ। 

सर्वोच्च अदालतकै अघिल्ला प्रधानन्यायाधीश र न्यायाधीशहरुको मिलेमतोमा डुबाउन लागेको राष्ट्रको ठूलो धनराशी सर्वोच्च अदालतको अहिलेको नेतृत्वको सक्षमताले असुल हुने भएको छ।

एनसेलको सेयर बिक्री गर्दा पुँजीगत लाभकर नतिरेकोमा ३ वर्षदेखि विवाद चलिरहेको थियो। कर कार्यालय र राष्ट्र बैंकले लाभकरको टुंगो नलागेसम्म मुनाफा विदेश लैजान रोक्का गरेका थिए। यसैबीच एनसेल र रेनोल्ड्स होल्डिङ्सले मुनाफा विदेश लैजान पाऊँ भनी हालेको रिट निवेदनमा २०७४ पुसमा अन्तरिम आदेशबाट विदेश लैजान एकतर्फी सुनुवाइको आधारमा दुराशयपूर्वक फुकुवा गरियो। 

नेपालका राजनीतिक दल, नेताहरु, आन्तरिक राजस्व विभाग, संसदीय समिति, सरकार, राष्ट्र बैंक, दुरसञ्चार प्राधिकरण, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, अन्य न्यायाधीश लगायत सबै नियमनकारी निकाय एनसेलको मुठीमा पर्न गएकाले कर असुलीमा छलछाम हुँदै आएको थियो। अदालत नै उसको पक्षमा पुगेपछि राज्य संयन्त्रहरु खुसी भएका थिए। एनसेलले कर नतिर्ने खेल खेल्न अर्बौं लगानी गरेको भनियो। नेपालमा सबैलाई किन्न सकिन्छ र पैसाको भरमा राज्यसंयन्त्रलाई च्याम्पटी घुमाएझैं घुमाउन सक्ने क्षमतावान्‌ राष्ट्रद्रोहीहरुमा यो फैसलापछि भने चेत खुलेको हुनुपर्छ।

सर्वोच्च अदालतकै अघिल्ला प्रधानन्यायाधीश र न्यायाधीशहरुको मिलेमतोमा डुबाउन लागेको राष्ट्रको ठूलो धनराशी सर्वोच्च अदालतको अहिलेको नेतृत्वको सक्षमताले असुल हुने भएको छ। 

वाइडबडीमा जस्तै यो पुँजीगत लाभकर छलीको तथ्य पनि महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा बेरुजु कायम भएपछि मात्र बाहिरिएको थियो। एनसेलको १२औं पटकको बिक्रीपछि मात्र लाभकर छलीको कुरा बाहिर आएको हो। अगाडिका लाभकर छली, मूल्यांकनमा अनियमितता पनि महालेखाले देखाइदिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

ठूला करदाता कार्यालयले यसअघि एनसेलको मूल्य एक खर्ब ४४ अर्ब रुपैयाँलाई आधार मानेर १३ असार २०७४ मा एनसेलको ८० प्रतिशत सेयर स्वामित्व परिवर्तन हुँदा ६१ अर्ब कर निर्धारण गरेको थियो। 

कुनै बेला मन्त्रिपरिषद्मै लाभकर तिर्ने दायित्व बिक्रेता टेलियासोनेराको हो भनी नेपालको एनसेल र आजियटालाई मुक्ति दिलाउन खोजिएको थियो। त्यसैकै ग्रान्ड डिजाइन अनुरुप नै लाभकर र अन्यकर असुलउपर नहुने हिसाबले टेलियासोनेराको नाममा कर निर्धारण गरियो।

एनसेल कम्पनी एक्जियटाले खरिद गरेकोमा कर तिर्ने दायित्व आफ्नो नभएर बिक्रेता टेलियासोनेराको भएको बताउँदै आएको थियो। टेलियासोनेरा रेनोल्ड्स होल्डिङ्सको सञ्चालनमा रहेको कम्पनी हो। त्यसैले सर्वोच्चमा पनि रोकिएको लाभकर फुकुवा गर्न एनसेल र रेनोल्ड्स होल्डिङ्सले छुट्टाछुट्टै रिट निवेदन दिएका थिए। नेपाल छाडेर गएको भनेको कम्पनी टेलियासोनेराको नाम उल्लेख नगरी रेनोल्ड्स होल्डिङ्सको नाममा रिट दिएर लाभकर अन्तरिम आदेशबाट फुकुवा गराएको थियो। 

ठूला करदाता कार्यालयले २ वर्षअगाडि टेलियासोनेरालाई  ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिवाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी ६० अर्ब ६ करोड ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो। यसअघि नेपालमै रहेको यो एनसेल कम्पनीले दुईपटक गरेर २१ अर्ब ५३ करोड रुपैयाँ बुझाइसकेको छ।

एनसेलको कर छलीमा राज्यका नियामक निकायहरु नै संलग्न भएको देखिएको उदाहरण हुन्, ठूला कर दाता कार्यालय र आन्तरिक राजस्व विभाग। यी निकाय एनसेलले कर तिर्नुपर्छ भन्नेतिर नलागेकैले लाभकर नतिरीकन सेयर हस्तान्तरण हुन गयो। विवादको टेलियासोनेराकै उत्तराधिकारीको रुपमा आजियटा भएको र उसकै प्रभावकारी नियन्त्रणमा एनसेल भएकोमा कर निर्धारण गर्दा एनसेल र आजियटालाई नछोएर नेपाल छाडेर गइसकेको बिक्रेता टेलियासोनेराको नाममा गरेको छ। कुनै बेला मन्त्रिपरिषद्मै लाभकर तिर्ने दायित्व बिक्रेता टेलियासोनेराको हो भनी नेपालको एनसेल र आजियटालाई मुक्ति दिलाउन खोजिएको थियो। त्यसैकै ग्रान्ड डिजाइन अनुरुप नै लाभकर र अन्यकर असुलउपर नहुने हिसाबले टेलियासोनेराको नाममा कर निर्धारण गरियो। सामान्य जनताको आँखामा छारो हाल्नका लागि ६१ अर्ब कर निधार्रण गरिएको नाटक रचियो। पछि ७२ अर्ब निर्धारण गरे पनि कर प्रशासकहरुको खोटो नियत भने आजियटालाई बचाउनमै थियो। 

अहिले सम्मानित सर्वोच्च अदालतले कर तिर्ने दायित्व साबिकदेखिको दुरसञ्चार प्रदायक कम्पनी एनसेल र हालको मालिक एक्जियटा तथा रेनोल्ड्स होल्डिङ्सको हो। उनीहरुबाट नै कर असुल गर्न परमादेश जारी गरेपछि हिजो एनसेलका पक्षमा लागेकाहरुको मुख सुकेको छ। एनसेलबाट लाभकर, जरिवाना, ब्याज तथा अन्य करको पनि ब्याज, जरिवाना कति भन्ने हिसाबबाट आउने कुरा हो। अहिले नै यति उति अर्ब राजस्व उठ्ने भयो भनी अनुमान गर्न उपयुक्त हुँदैन। को कसबाट असुल गर्ने र कसले तिर्ने भन्ने विवादको टुंगो लागेको छ। 

हाम्रो देश नेपाललाई भ्रष्टाचारीको स्वर्ग हुनबाट यो फैसलाले बचाएको छ। कुनै पनि निकायका प्रमुखले चाहेमा कति शासकीय सुधार गर्न सक्दो रहेछ भन्ने यो फैसलाले देखायो।

'न्यायका नौ सिङ' भन्दै वैदेशिक लगानीलाई असर पार्नेगरी लाभकर असुल गर्न लागियो भनी धेरै हल्ला खल्ला भयो। तर बिक्रीपूर्व नै कर तिर्नका लागि जगेडा खातामा ४४ अर्ब रुपैयाँ छाडेर गएको बिक्रीनामाको लिखतमै भएकोमा नेपालका सरकारी निकायहरु मौन रहे। एनसेल खरिदकर्ता आजियटा र बिक्रेता टेलियासोनेरा पनि चुप रहेर लाभकर छल्नमै सक्रिय रहे। वैदेशिक लगानी सम्बन्धमा पनि नेपालमा लाभको रुपमा प्राप्त हुने सम्पत्तिमा प्राप्त भएको लाभमा मात्र यो पुँजीगत लाभकर लाग्ने भएकाले कसैले सम्पत्ति प्राप्त नगरेकोमा र गैरकानुनी रुपले कर नलगाइने भएकाले अब वैदेशिक लगानीका सम्बन्धमा यो फैसला मार्ग निर्देशक ल्यान्डमार्कको रुपमा रहनेछ।

हाम्रो देश नेपाललाई भ्रष्टाचारीको स्वर्ग हुनबाट यो फैसलाले बचाएको छ। कुनै पनि निकायका प्रमुखले चाहेमा कति शासकीय सुधार गर्न सक्दो रहेछ र न्याय बचाइने रहेछ भन्ने यो फैसलाले देखायो। आम जनमानसमा केही वर्षयता अदालतको बेचिँदै आएको आस्था र ख्याति पुनर्स्थापना हुन थालेको आभास भएको छ। सबै न्यायमूर्तिलाई किन्न नसकिने रहेछ भन्ने ज्ञान न्याय किनबेचका खेलाडीहरुलाई यो फैसलाले दिएको छ। नेपालमा पदमा बस्नेहरुमा इमान भए देशले न्याय पाउने कुरा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अन्य न्यायाधीशहरुले देखाइदिएका छन्। सबैलाई चेतना भया।

एनसेल लाभकर छलीबारे लेखकका यसअघिका विश्लेषण-
एनसेल लाभकर छली-१ : राज्य संयन्त्रको संलग्नता कति?

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्