• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

'कलेजो फेल’ हुने ३ कारण र १६ लक्षण

64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  १५:०६
1140x725

लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो । कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । नियमित मध्यपान नर्गे र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन सक्छ । कसैकसैलाई रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हातखुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ ।

किन हुन्छ लिभर सिरोसिस? 

१. कम्तिमा १० वर्षदेखि नियमित मध्यपान गर्ने वा हप्तामा ४ दिनजसो मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै हो ।

२. हेपाटाइटिस बी र सी इन्फेक्सन लामो समयदेखि उपचार नगरेमा । रगत, असुरक्षित यौन सम्पर्क, आमाबाट सन्तानमा, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस हुनेगर्छ । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा छ । 

३. अन्य कारणहरु : मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्र (फ्याटी लिभर) आदि ।  

लिभर सिरोसिसका लक्षण

१.जन्डिस रहिरहनु, 

२. खान मन नलाग्नु, बान्ता हुनु, 

Ncell 2
Ncell 2
nimb
nimb

३. आलस्य र कमजोरी मससुस हुनु,

४. खुट्टा सुनिन्नु वा फुल्नु,

५. पेटभित्र पानी जमेर पेट फुल्नु अर्थात् पेट ठूलो हुनु,

६. छाला, मासु गलेर आउनु,

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७. चाँडो थकाइ लाग्नु,

८. शरीर दुब्लाउँदै जानु,

९. केटा मान्छेको स्तन बढ्नु, 

१०. बान्ता गर्दा रगत देखिनु,

११. दिसामा रगत देखिनु, दिसा कालो हुनु,

१२. पिसाबमा कमी आउनु,

१३. बोली लटपटिनु, बेला–बेलामा होश गुम्नु, 

१४. दिउँसो निद्रा लाग्नु, राति बर्बराउनु,

१५. सास फेर्न गाह्रो हुनु, केही पाइलापछि हिँड्न मुस्किल पर्नु, 

१६. चोट लाग्दा रगत बगिरहनु, आदि।

माथि उल्लेखित कुनै पनि लक्षण देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियूमा भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ ।
कलेजो रोग विशेशज्ञले यस्ता बिरामीलाई देख्नेबित्तिकै रोग पत्तो लगाउन सक्छन। तर कलेजो के/कति बिग्रिएको छ, अरु के–के समस्या छन् भन्ने पत्ता लगाउन चाहिँ केही जाँच गर्नुपर्ने हुन्छ ।

के–के जाँच्ने ? 

१. रगतबाट कलेजो जाँच्दा बिलिरुबिन, एएलटी र एएसटी उच्च हुन सक्छ, 

२. रगतमा हेपाटाइटिस बी र हेपाटाइटिस सी किटाणूको जाँच 

३. पिसाबको जाँच, 

४. रगतमा बोसोको मात्र (उच्च कोलेस्टेरोल, उच्च टिजी),

५. सुगर, युरिक एसिड (उच्च हुन सक्छ), 

६. भिडियो एक्सरे (कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको आदि), 

७. सिटी स्क्यान (आवश्यकता अनुसार),

८. इन्डोस्कोपी (आवश्यकता अनुसार)

लिभर सिरोसिसको उपचार

सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दैमा यो रोग निको हुँदैन । जन्डिस भनेको कलेजोको खराबी भन्ने बुझिन्छ । यो आफैंमा कुनै रोग होइन।

कलेजो रोगको शंका लागेमा पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सल्लाह र नियमित चेकअप गराइरहनुपर्छ । समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ, तर, नियमित डाक्टरलाई देखाइरहनु पर्छ । कतिपय अवस्थामा औषधिबाटै लिभर सिरोसिसको पूर्ण उपचार  नहुन सक्छ र कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन। 

यसो भन्दैमा, औषधि–उपचार गर्नै नमिल्ने भन्ने होइन । समस्या बढ्न नदिन र कलेजो जति बिग्रियो त्यसलाई थप बिग्रिन नदिन केही औषधि प्रयोग गरिन्छ । तर रक्सी सेवन बन्द गर्नुपर्छ, धूमपान गर्नु हुँदैन । हेपाटाइटिस बी र सीबाट पीडित सिरोसिसका बिरामीले डाक्टरको सल्लाह अनुसार पहिले एन्टिभाइरल औषधि खानुपर्छ । खुट्टा सुन्निएको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि सेवन गर्नुपर्छ भने दिसा पातलो गर्ने झोल औषधि ‘लेक्टुलोज’को प्रयोग गर्नुपर्ने हुन्छ। 

कस्तो खाने कुरामा ध्यान दिने ? 

१. लिभर टनिक खाँदा जन्डिस, हेपाटाइटिस निको हुन्छ, रक्सी सेवन गर्न मिल्छ र कलेजो बिग्रँदैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।

२. रक्सी पटक्कै सेवन गर्नु हुँदैन । कलेजोलाई आराम दिन माछा, मासु, फ्राई गरेको, चिल्लो आदिको सेवनमा  कमी ल्याउनुपर्छ ।

३. जन्डिस मात्र हुँदा पानी ज्यादा पिउन भनिन्छ । तर, सिरोसिस भइसकेपछि अत्यधिक पानी पिउनु हुँदैन, जति पिसाब लाग्छ त्यसको अनुपातमा पानी पिउनुपर्छ । 

४. मुख नमिठो हुने हुँदा ग्लुकोज  पानी, फलफूलको जुस खान भनिएको हो । फलफूलको जुस पिउँदा पानीको विकल्प हुनुका साथै तागतिलो पनि हुन्छ । सकी नसकी मेवा, उखु खोज्दै हिँड्नु पर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने उल्टो बेफाइदा गर्छ । पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।

५. नियमित बिहान–बेलुका खाने दाल–भात खान मिल्छ। तरकारी बनाउँदा प्रयोग हुने प्याज भुट्न चाहिने जति तेल पनि प्रयोग गर्न सकिन्छ। 

६. जंक फुड (चाउचाउ, चिप्स आदि), फास्ट फुड (मःम, चाउमिन, पिज्जा आदि) र कोक फेन्टा जस्ता कोल्ड ड्रिंक खानु हुँदैन । 

७. सिरोसिस भएका बिरामीमा प्रोटिनको कमी हुने भएकाले उसिनेको अन्डाको सेतो भाग दिनमा ३ देखि ५ वटासम्म, भटमास, चना, केराउको सातु आदि खान सकिन्छ ।

(ग्यास्ट्रोलोजिस्ट हेपाटोलोजिस्ट डा भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र पोखरामा कार्यरत छन्)

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्