• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन दुख्छ ढाड, के हुनसक्छ समाधान ?

64x64
नेपाल लाइभ मंगलबार, माघ २२, २०७५  १८:१९
1140x725

मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ।

ढाडसम्बन्धी समस्या के के छन् ?
बालबालिकादेखि युवा हु“दै वृद्धावस्थासम्म पुग्दा मेरुदण्डका अनेक समस्या देखिन सक्छन् । बच्चाहरुमा ढाड बाङ्गिने समस्या देखिन्छ, जसलाई ‘स्कुलियोसिस, काइफोसिल कुलियोसिस’ भनिन्छ । यसले मेरुदण्ड नै कुप्रिने वा बाङ्गिने हुन्छ । कि त बच्चा जन्मिँदै यस्तो समस्या देखा पर्छ, कि १० वर्ष माथि लागेपछि ढाड बाङ्गिने क्रम बढ्दै जान्छ । यस्तो समस्याको पहिचानका लागि अविभावकको भूमिका महत्वपूर्ण हुन्छ।

अभिभावकहरु ढाड कुप्रिएको थाहा पाएपछि ‘मेरो बच्चामा यस्तो समस्या देखियो’ भन्दै चिकित्सकहरुस“ग परामर्शका लागि आउने गर्छन् । एउटा कुम तल र अर्को माथि हुने, हिँड्दा बाङ्गिएको देखिने यस रोगका लक्षण हुन् । अभिभावकले सुरुमै यो समस्या पहिचान गरे भने उपचार पनि सहज हुन्छ । जति उमेर बढ्दै गयो, उपचार पनि जटिल र खर्चिलो हुँदै जान्छ।

कम्मरको दुखाइ, साझा समस्या   

गर्धन र कम्मर दुख्ने आम नेपालीको मेरुदण्डसम्बन्धी साझा समस्या हो । मेरुदण्डका करिव ७० प्रतिशत समस्या यस्तैमा पर्छन् । महिलाहरु यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । महिलाहरुको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरु कम्मर र गर्धनमा ज्यादा असर पर्छ।
 
लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरु, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरु नै यस्तो समस्याको मारमा परेको भेटिन्छ। एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन् । मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन भनी चिन्ने गरिन्छ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ ।

बुढ्यौलीमा नसा च्यापिने

नसा च्यापिने परिस्थिति मेरुदण्डको अर्को रोग हो । मेरुदण्डको कुनै भागमा नसा च्यापिएमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ। बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ । यी समग्र समस्यालाई हामीले ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ।

क्यान्सरको डर
स्पाइन क्यान्सर पनि निकै डरलाग्दो रोग हो । ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ ।

 एउटै एमआरआईका लागि १५/२० हजार रुपियाँ लाग्ने भएकाले यो रोग पहिचानको महँगो विधि हो । त्यसैले मेरुदण्डको उपचार खर्चिलो हो, त्यति हुँदाहुँदै पनि आम तहमा यो समस्या ज्यादा छ । नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ।

 मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो । यसमा धेरैको पहुँचमा हुँदैन । कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भयो, उपचार गर्नुप¥यो भने १४ देखि २० वटा स्क्रु लाग्छ । एउटाको ६ देखि १५ हजार रुपियाँसम्म पर्छ । जसले गर्दा तीन÷चार लाख रुपियाँ समग्र उपचार खर्च जुटाउन नसक्नेहरु कैयौँ छन्।

    ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ।

दुर्घटनाको जोखिम

ट्रमा र त्यसबाट हुने स्पाइन इन्जुरीले पनि समस्या निम्त्याउँछ । विभिन्न दुर्घटनाजन्य कारणले हाम्रोजस्तो मुलुकमा स्पाइन इन्जुरीको समस्या विकराल छ । अहिलेको यो इन्धन संकटमा असुरक्षित यात्राका दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ । यो सबै समस्या हुने सर्वसाधारणलाई नै हो । किनकि सम्पन्नहरु आफ्नै गाडीमा चढिहाल्छन् । उनीहरुको यात्रा जोखिमपूर्ण पनि हुँदैन । समस्यै भए पनि आर्थिक कठिनाइ व्यहोर्नु पर्दैन । स्पाइनसम्बन्धी रोगको उपचार आम सर्वसाधारणसम्म कसरी पु¥याउने, त्यो निकै चुनौतीपूर्ण हो । हामी स्पाइन सर्जन मिलेर यसलाई सुलभ र सस्तो बनाउनु जरुरी छ।

जीवनशैली
ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली पनि एक हो । आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ । बिहान हामी उठ्छौँ, मोटरसाइकल वा गाडी चढेर अफिस जान्छौँ । १० देखि १५ घन्टासम्म हामी बसेर नै काम गरिरहेका हुन्छौँ । यसका कारण ढाडमा निकै दबाब हुन्छ । ढाडको ‘पोस्चर’ नमिल्दा पछि गएर दुखाइ हुन्छ।

 करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । मैले हेर्ने मुख्य बिरामीमा बैंकरहरु ज्यादा छन् । विहानदेखि बेलुकीसम्म उनीहरु एउटै पोजिसनमा काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ढाडसम्बन्धी साझा समस्याबाट पीडित छन् ।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो ।

कसरत आवश्यक

स्वस्थ जीवनशैली र  पोषणयुक्त सन्तुलित खाना नै अहिलेको आवश्यकता हो । धूमपान र मदिरामा लाग्नु हुँदैन । चुरोटले मेरुदण्डमा नराम्रो असर गर्छ । अर्को समस्या आरामदायी जीवनशैली र दैनिकी पनि हो ।

Ncell 2
Ncell 2
nimb
nimb

सहरिया जागिरेहरुले शारीरिक अभ्यास गरेको पटक्कै देखिँदैन । हामी शरीरका लागि एक घन्टा त के, १० मिनेट पनि दिन चाहँदैनौँ । विकसित मुलुकमा डाक्टरदेखि नर्सले दिनको एक घन्टा जिम गर्छन् । दिउँसोको एक, दुई बजे पनि दौडिएका हुन्छन्।

फुर्सद भयो कि दौडिने संस्कार हुन्छ । उनीहरुमा ‘पहिले स्वास्थ्य अनि धन’ भन्ने मानसिकता छ । हामीकहाँ अर्कै पाटो छ । त्यसैले कम्तीमा पनि एक घन्टा शारीरिक परिश्रम गर्नु राम्रो हो।

स्पाइनका रोगहरुको उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या र कठिनाइ हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु र समस्या देखिनासाथ चिकित्सककहाँ पुग्नु उत्तम हो।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो । यी पक्षलाई ध्यान दिएमा ढाड वा कम्मरको दुखाइ निकै हदसम्म कम हुन्छ ।

मोटरसाइकल प्रयोगकर्ता

सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ । सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ । त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ । त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन।
 
स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन् । मेरुदण्डको इन्फेक्सनले दुखाइ अनि साथमा ज्वरो पनि ल्याउँछ । सजग हुनुपर्ने अवस्था के हो भने स्पाइनल समस्या भएमा दुखाइ सहेर बस्नु हुँदैन । तुरुन्त चिकित्सक या विशेषज्ञलाई भेट्नुपर्छ।

Xtrem

Xtrem

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन्।

मेरुदण्डका समस्यालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । सर्जिकल ब्याक पेन र ननसर्जिकल ब्याकपेन । ७० प्रतिशत समस्या ननसर्जिकल हो । हरेक बिरामीलाई सर्जरी चाहिँदैन । सर्जरी नै भनेपछि बिनाचिरफार गरिने उपचार विधि छन् । म आफैँ पनि निकै कम सर्जरीका केसहरु हेर्छु । जसले औषधी वा फिजियोथेरापी वा जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ । महिलामा ढाड दुख्ने समस्या अलि बढी नै देखिन्छ । निहुरेर बस्ने, भात पकाउने, कपडा धुने, भारी बोक्ने आदि कारणले समस्या देखिएको हो।

मेरुदण्डको विशेषज्ञ सेवा

स्पाइनको समस्या निदानका लागि स्पाइन विशेषज्ञकहाँ जानु राम्रो विकल्प हो । एउटै विषयमा केन्द्रित हुँदा दक्षता हुने भएकाले नै उनीहरु विशेषज्ञ सेवाका लागि दक्ष हुन्छन् । तर नेपालमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ छन् । स्पाइनको उपचार सर्वसाधारणमा लैजानु पनि जरुरी छ । गाउँमा बस्ने महिलालाई उपचार छैन । सरकारले कम्तीमा एउटा केन्द्र तोकिदिनुपर्छ, जहाँ सहुलियतमा मेरुदण्डको उपचार हो।

स्पाइन सर्जरीमा निकै जटिल हुन्छ । स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम हुन्छ । यसमा प्लारालाइसिसलगायत समस्या पर्छन् । नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ । तर अहिले अभ्यास भने अर्थो र न्युरो सर्जनले पनि सर्जरी गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय अध्ययनअनुसार, विशेषज्ञबाट यस्तो सेवा लिएमा जोखिमको सम्भावना शून्य दशमलव ५ प्रतिशत मात्रै छ । त्यसैले विशेषज्ञ र दक्ष स्पाइन सर्जनबाट उपचार पाएमा उपचारका क्रममा हुने जोखिम निकै कम हुन्छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्