काठमाडौं– प्रथम सेलिब्रेशन अन्तर विद्यालय उपत्यकाव्यापी तोक्वान्दो प्रतियोगितामा आयोजक सेलिब्रेसन टिम च्याम्पियन बनेको छ।
प्रतियोगितामा सारदा विद्यालय दोस्रो भएको छ भने न्यु क्रिएटिभ स्कुलले तेस्रो स्थान हात पारेको छ। सेलिब्रेशनकी सुस्मा राई उत्कृष्ट महिला फाइटर घोषित भइन्। पुरुषतर्फको उत्कृष्ट फाइटर भने न्यु क्रिएटिभका सिद्धार्थ बलामी चुनिए।
नारायणटारस्थित सेलिब्रेशन विद्यालयको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा उपत्यकाका २० वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताका संयोजक तथा नेपाल तेक्वान्दो संघ प्रदेश ३ का सदस्य सोवितमान गिरीले खेलाडीको पहिचान तथा मनोबल बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
विजयी खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रमोद पराजुलीले पुरस्कार वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।