काठमाडौं– रुस्लान धनगढी प्रिमियर लिग ( डिपिएल ) टिम महेन्द्रनगर युनाइटेडले टिमको पहिलो विदेशी खेलाडीको रुपमा युएई राष्ट्रिय टिमको वर्तमान कप्तान मोहम्मद नबिदलाई अनुबन्ध गरेको छ।
माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेषावकरले गर्दै छन्।
टिमले अर्का विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने ब्याटिंग पनि गर्न सक्छन्। युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय नवीदले खेलिसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि-२० मा २३ विकेट लिएका छन्। नेपाल विरुद्धको तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० का लागि नवीदी कप्तान नियुक्त भएका थिए। तत्कालिन कप्तान रोहान मुस्ताफसहित ३ खेलाडी कारबाहीमा परेपछि नवीदलाई कप्तान नियुक्त गरिएको थियो।
महेन्द्रनगर टिमका सह-मालिक निरज चन्द भन्छन् - 'अनुभवी नवीदको आगमनले टिमलाई बलियो बनाउनेछ। उनी राम्रो ब्याटिंग पनि गर्न सक्छन्। उनको आगमनले हाम्रो युवा खेलाडीहरुले भरिएको टिममा अनुभवको सम्मिश्रण गर्नेछ। टिममा नबिद आबद्ध भए पछि टिमले अझ राम्रो गर्नेमा आशावादी भएका छौ।'
महेन्द्रनगर युनाईटेड टिम
-शरद भेसावकर ( कप्तान ), आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर ) , मोहम्मद नावीद ( विदेशी खेलाडी )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।