भरतपुर- चितवनका ४ नगरपालिकाले संयुक्त लागतमा दमकल खरिद गर्ने भएका छन्। कालिका, खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाले दमकल किन्न लागेका हुन्।
मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरिद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए। दमकल खरिद प्रक्रिया अघि बढाउन श्रेष्ठकाे अध्यक्षतामा अध्ययन तथा सिफारिस समिति गठन गरिएको छ।
'दमकल खरिदपछि भरतपुरको भर पर्नु पर्दैन', उनले भने। बैठकले ६० लाख रुपैयाँसम्मको दमकल खरिदका लागि सिफारिस गरेको छ। यसअघि पूर्वी चितवनका ४ नगरपालिकाले संयुक्त रूपमा रिङरोड निर्माण गर्ने निर्णय गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।