जनकपुर- प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरामात्र बसेको आरोप लगाएका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघको ४३औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन्।
‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने चाहेकै छैनन्,' मुख्यमन्त्री राउतले भने, उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन्।’ सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ।
सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतको भनाइ छ। संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यापारीलाई पनि लुटिरहेको आरोप लगाए।
नेपाललाई साँच्चिकै समृद्ध र विकसित मुलुक बनाउने हो भने उद्योगी र व्यपारीलाई राज्यले सम्मान गर्नुपर्ने र उद्योगमैत्री नीति बनाउनु पर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।