लमही- दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्।
लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुबाहक बस र ट्रक ठोक्किँदा २१ जना घाइते भएका हुन्। दुर्घटनामा घाइते भएकामध्ये ९ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किँदा ट्रक चालक र बस चालक गम्भीर घाइते रहेका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
बसको लापरबाहीका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।