पर्वत- पर्वतको सूर्य प्रकाश माविमा मंगलबार कार्यक्रम चलिरहेको थियो। भिडमा सबै आआफ्नै धुनमा थिए। तर अरुबेला भन्दा खुसी देखिन्थिन्, देवी सार्की।
कक्षा ३ मा पढ्ने उनका आँखा पटकपटक कांग्रेस नेता गगन थापातिर गइरहेको थियो। जब भिडलाई छिचोल्दै नेता थापासँगै फोटो खिचाइन्, उनमा खुसीको सीमा रहेन।
आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने नेता थापालाई भेट्दा देवी मक्ख परेकी थिइन्।
'कक्षा एकमा भर्ना भएको वर्षदेखि नै देवीको सम्पूर्ण खर्च गगन थापाले बेहोर्दै आएनुभएको छ,' अभियन्ता प्रेम विकले भने।
देवी पर्वतको कुश्मा नगरपालिका-३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढ्दैछिन्।
स्कुलमा लाग्ने सम्पूर्ण स्टेसनरी, ड्रेस, दसैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि लुगा लगायतको सहयोग नेता थापाले गर्दै आएको विकले बताए। यसले आर्थिक अभावमा स्कुल जान नसक्ने देवीजस्तालाई ठूलो सहयोग पुगेको उनको छ।
नेता थापाले देवीलाई कक्षा १२ सम्म पढाउने बताएका छन्।
देवीका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।