धनगढी- धनगढी उपमहानगरपालिकाले कक्षा ८ को बोर्ड परीक्षाको समय नै उल्लेख नगरेपछि परीक्षार्थीमा अन्योल सिर्जना भएको छ।
उपमहानगरपालिकाका शिक्षा महाशाखाका उपसचिव दमनसिंह चौधरीले जारी गरेको समय तालिकामा समय नै उल्लेख छैन। 
मिति तय गरिए पनि समय उल्लेख नहुँदा विद्यार्थी र शिक्षकसँगै अभिभावक पनि अन्योलमा छन्।
फागुन २६ देखि चैत ४ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका छ।
यसबारे धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख वीरबहादुर नेपालीसँग बुझ्न खोज्दा सो परीक्षा तालिकाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। उनले आफू काठमाडौं रहेको भन्दै स्पष्ट जवाफ दिएनन्।
उपसचिव दमन चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।