काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) भ्रष्टाचारीको अनुहारै नहेर्ने प्रधानमन्त्री ओलीको भनाइ, आजै ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट सार्वजनिक, भ्रष्टाचार सूचीमा नेपाल १२४ औं स्थानमा।
२) सरकारद्वारा कांग्रेसको माग सम्बोधन, गिरिजाप्रसाद र सुशीलको नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याइने।
३) सुन तस्करीको कमाइ लुकाउन दुई श्रीमतीको साथ, वैध बनाउन घरजग्गामा लगानी, अख्तियारले दाबी गर्यो साढे १४ करोड।
४) ऐतिहासिक जितपछि कप्तान पारसले दिए प्रतिक्रिया– यो जित सुरुवात मात्रै, अर्को खेल अझै उत्कृष्ट खेल्ने।
५) र, हुवावेमाथि आक्रामक बन्दै अमेरिका, प्रविधि चोरी र बैंकिङ जालसाजीसहित २३ आरोप, मेङलाई सुपुर्दगी गर्न क्यानडालाई पत्र पठाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।