काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस, प्रतिपक्षको विरोध, संसोधनका लागि ७२ घन्टाको समय।
२) संवैधानिक परिषद्को निर्णयविरुद्ध कांग्रेस सर्वोच्च जाने, प्रतिपक्ष दलका नेतालाई जानकारी नदिइ निर्णय गरेको आरोप।
३) घोटाला लुकाउन अध्यक्ष राणाको अर्काे जमर्काे, छानबिन समिति गठन, छानबिन हुनुपर्नेहरु नै समितिमा।
४) मेसीले गरे सिजनको २६औं गोल, ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले २१ खेलबाट ४९ अंक जोड्यो, ५ अंकले अघि।
५) र, तत्काल निर्वाचन गराउन इयूको सर्त भेनेजुयलाद्वारा अस्वीकार, इयूलाई चेतावनी फिर्ता लिन सुझाव, निर्देशन पालना बाध्यकारी नहुने जवाफ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।