काठमाडौं– गैर आवासीय नेपाली नागरिकता लिने व्यक्तिले नेपाल आउनुपर्ने भएको छ। 'नेपाल नागरिकता ऐन, २०६३'लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधनमा दफावार छलफल गर्दै संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले यस्ताे व्यवस्था राखेकाे हाे।
गैर आवासीय नागरिकता लिनका लागि नेपाल नै आउनुपर्ने विषयमा लचिलो भइदिन सुझाव लिएका थिए।
केही समयअघि गैर आवासीय नेपालीेले समितिमा उपस्थित हुँदै दुतावासमार्फत नागरिकता लिन सक्ने व्यवस्था राख्न माग गरेका थिए।
तर, सांसदहरूले उनीहरूलाई अलग्गै नागरिकता दिने भएकाले नेपाल आउनु पर्नेमा सहमति गरेका हुन्।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने संशोधन परे पनि समितिले नेपाल आउनुपर्ने व्यवस्था गरेको हो।
अब एनआरएनले नागरिकता लिनका लागि गृहमन्त्रालय तथा मातहतका निकायबाट नागरिकता प्राप्त गर्नेछन्। लामाे समयदेखि एनआरएनले नागरिकता माग गर्दै आएका थिए।
उनीहरूकाे मागअनुसार राजनितिक अधिकार बाहेक अन्य कार्य गर्न पाउने गरी विधेयकमा सहमति गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।