काठमाडौं– युएईसँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
टस जितेर पहिले बलिङ गरिरहेको नेपालले युएईका दुवै ओपनरलाई शून्य रनमा आउट गरेको छ। ओपनर अस्फाक अहमेदलाई सोमपाल कामीले तथा चिराग सुरीलाई करण केसीले आउट गरेका हुन्।
पहिलो १० ओभरको पावरप्लेमा नेपाली बलर सामू युएईका ब्याट्सम्यान निरिह देखिएका छन्। सोमपाल र करणले सुरुवाती १० ओभरमा १४ रन मात्र दिएका छन्। दुवैले ७–७ रन दिएका छन्।
दुबईको आइसिसी एकेडेमीमा जारी खेलमा विजयी भए नेपालले पहिलो सिरिज जितसहित इतिहास बनाउनेछ। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपाल यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।
यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।