विराटनगर– सुनसरीको कोसी गाउँपालिकास्थित धानको गोदाममा आइतबार आगलागी हुँदा डेढ करोड मूल्य बराबरको क्षति भएको छ।
कोशी गाउँपालिका–१ को लौकहीका त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा १ तले पक्की भवनको गोदाम तथा त्यसमा रहेको ४ सय ५० क्विन्टल धान र ५ हजार मन सनपाट (पटुवा) जलेर नष्ट भएको छ।
बिहान करिब ९ बजे सुरु भएको आगलागी दुहबी, इटहरी र इनरुवा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो।
आगलागीको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।