काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) निर्मला हत्या प्रकरण नयाँ मोडमा, अभियुक्तको डिएनए छुट्याउने भेजाइनल स्वाब नै त्रुटिपूर्ण, मानवअघिकार आयोगको विज्ञप्ति।
२) २७ जना नागरिक अगुवाको सरकारलाई ध्यानाकर्षण, डा.केसीसँगको सहमतिअनुसार विधेयक ल्याउन आग्रह, राज्यको विश्वसनियता जोगाउन सुझाव।
३) कृषि उद्यम केन्द्रमा वार्षिक ७ करोड भन्दा बढी घोटाला, आर्थिक हिनामिना भएको उजुरी, अख्तियारद्वारा छानबिन सुरु।
४) डिपिएल टिम रुपन्देही च्यालेन्जर्समा २ विदेशी खेलाडी अनुबन्धित, बाबर हायात र राजा अलि अनुबन्धित, उपाधि जित्ने रणनीतिमा रुपन्देही।
५) र, चीनका लागि क्यानडियन राजदूत बर्खास्त, कारण गोप्य, हुवावे प्रकरणले सिर्जित परिस्थिति।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।