काठमाडौं- युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा ह्याट्रिक गरेका छन्। उनले जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली युएईको ३ विकेट एकै ओभरमा झारेका हुन्।
१४औं ओभरमा दोस्रो बलमा रिज्वान, तेस्रो बलमा फहद नवाज र छैटौं बलमा अमिर हायतको विकेट लिए।
२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईले १६ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा ६१ रन बनाएको छ।
यसअघि ६ ओभर बलिङ गरेका सोमपाल एक्लैले ४ विकेट लिए। उनले १ मेडन राख्दै २५ रन दिएका थिए।
सोमपालले पहिलो ओभरमै युएईका चिराङ सुरीलाई आउट गरे। त्यसैगरी घुलाम सब्बर, शैमान अनवार र असफाक अहमदलाई लगातार पेभिलियनको बाटो देखाइदिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।