काठमाडौं- युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटको जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली युएईको ६ विकेट झरेको छ। ४ विकेट नेपाली टिमका सोमपाल कामी र २ विकेट सन्दीप लामिछानेले लिएका छन्।
सोमपालले पहिलो ओभरमै युएईका चिराङ सुरीलाई आउट गरे। त्यसैगरी घुलाम सब्बर, शैमान अनवार र असफाक अहमदलाई लगातार पेभिलियनको बाटो देखाइदिए।
६ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै २५ रन दिए। सन्दीपले रिज्वान र फहद नवाज र अमिर हायतलाई आउट गरे। २ सय ४३ रनको लक्ष्य पछ्याएको युएईले १४ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा ५७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।