• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आफ्नै विद्यार्थीसँग \'पराजित\' शिक्षकका पीडा

64x64
नेपाल लाइभ शनिबार, माघ १२, २०७५  १५:५६
1140x725

काठमाडौं– शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ।

नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उनी अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भएका छन्। 

'कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका लागि प्रतिस्पर्धा भनिएकाले स्थायी हुने पूर्ण आशाका साथ भाग लिइयो। परीक्षामा राम्रै गरिएको थियो तर अनुत्तीर्ण गराइयो। यो त खुल्ला परीक्षासरह नै भयो,' शिक्षक सिग्देल भन्छन्, 'वर्षाैँदेखि पढाउँदै आएको विषयमा नयाँ पुस्ताको शिक्षक स्थायी हुँदा र हामी रोजीरोटी गुमाउनुपर्ने स्थितिमा पुग्दा साह्रै पीडा र अपमान महसुस हुँदोरहेछ।' 

परीक्षामा आर्थिक र राजनीतिक चलखेल भई नतिजा उलटपुलट भएको जिकिर छ उनको। परीक्षामा न्यूनतम् ४० अङ्क ल्याउनेलाई उत्तीर्ण गराए पनि अनुत्तीर्ण हुनेले कति नम्बर ल्याए भनेर हेर्न खोज्दा पनि नपाइएको त्यस्ता शिक्षकको गुनासो छ।

काठमाडौंको थापाथलीस्थित गुह्वेश्वरी बाल शिक्षा माविका गणित शिक्षक राजन त्रिपाठी र सिनामङ्गलस्थित गुह्वेश्वरी माविका विज्ञान शिक्षक दण्डपाणि भुषाल पनि परीक्षामा असफल भएपछि अब भावी रोजगारीका सम्बन्धमा चिन्तित छन्।

'कतिपय शिक्षक आफैंले पढाएका विद्यार्थीसँग आफ्नै विषयमा अनुत्तीर्ण भएका छन्,' शिक्षक त्रिपाठी भन्छन्, 'हामी पुरानो विषय पढेका पर्यौँ। परीक्षा नयाँ नयाँ विषयका आधारमा भयो। युवा पुस्ताले जति त लेखिएन होला तर असफल नै त हुने अवस्था थिएन।' 

मध्यमाञ्चल विकास क्षेत्रका लागि मावि तहको गणित विषयमा कूल १ सय १० ले परीक्षा दिएकामा ४९ सफल भएका छन्। धेरै प्रतिशतमा असफल गराइनाले शिक्षा ऐन (२०२८) को नवौँ संशोधनमा उल्लेखित ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धात्मक मान्यताको सही पालना नभएको उनीहरुको तर्क छ। 

आयोगको अन्तिम नतिजा प्रकाशन हुँदासम्म करिब ८ हजार कार्यरत अस्थायी शिक्षक अनुत्तीर्ण वा परीक्षामा भाग नलिएका शिक्षक करिब ८ हजार हुनसक्ने अनुमान गरिएको छ। उनीहरुले शिक्षा ऐनमा तोकिए बमोजिमको अवकाश सुविधा (गोल्डेन ह्याण्डसेक) पाउनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको बाफलस्थित ज्ञानोदय माविमा १५ वर्षदेखि पढाउँदै आएका सामाजिक अध्ययन विषयका अस्थायी शिक्षक गोविन्द भण्डारीले भने शिक्षक तालिम वा शिक्षा शास्त्रमा स्नातकको योग्यता अभावमा परीक्षामा भाग लिन पाएनन्। विषयगत पुस्तकका लेखक भण्डारी सो विषयमा दर्शनाचार्य (एमफिल) गर्दै छन्।

सरकारले आफूहरूलाई तालिमको अवसर नदिएकाले तालिमको प्रमाणपत्र पाउन नसकेको उनकोे भनाइ छ। 

तालिम वा शिक्षा शास्त्रमा स्नातकको योग्यता अभावमा आन्तरिक परीक्षामा भाग लिनबाट वञ्चित हुने शिक्षक करिब ३ हजार ५ सय छन्। उनीहरुले अवकाश सुविधा पाउँदैनन्।

समय समयमा सेवा आयोगको परीक्षा नहुँदा र विगतमा भएका शिक्षक आन्दोलनपछिको सहमतिमा सबै प्रकारका अस्थायी शिक्षक नसमेटिँदा आफूहरुको यो हालत भएको उनीहरुको जिकिर छ। 

Xtrem

Xtrem

विद्यालय शिक्षकका मुद्दालाई हेर्दै आएका अधिवक्ता कोषराज काफ्ले मुलुकको जेठो र ठूलो विश्वविद्यालयले आफ्नो विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गराएका शिक्षकलाई समेत सेवा आयोगको परीक्षाले असफल बनाइ रोजीरोटी खोसिने स्थिति आउनु लोकतान्त्रिक व्यवस्थानुकूल नभएको बताउँछन्।

सर्वाेच्च अदालतमा विद्यालय शिक्षक र कर्मचारीसँग सम्बन्धित सयभन्दा बढी मुद्दा विचाराधीन छन्। 

आयोगको आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकका लागि ६० वर्ष उमेर नपुगेसम्म रोजगारीमा सुनिश्चित गराउन पुनः आन्तरिक परीक्षा हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानुनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधोपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग गरेका छन्। 

‘अस्थायी करार शिक्षक संघर्ष समिति’ले आफूहरूको भावी रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिन थालेका छन्।

अघिल्लो वर्ष असार ९ गतेको नेपाल सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक संघर्ष समितिबीच भएको ४ बुँदे सहमतिका आधारमा आयोगले आन्तरिक परीक्षा लिएको थियो। 

कूल २६ हजार १ सय ५१ रिक्त शिक्षक दरबन्दीमध्ये २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा २ हजार ५ सय पदमा दरखास्त नपरेकाले बाँकी पदमा परीक्षा लिइएको थियो।

आयोगका प्रशासकीय प्रमुख डा तुल्सीप्रसाद थपलियाले अनुत्तीर्ण अस्थायी शिक्षकका बारेमा आफूहरुले कानूनभन्दा माथि गएर बोल्न नमिल्ने बताउँछन्। 

नेपाल शिक्षक महासंघ भने अस्थायी शिक्षकको नयाँ आन्दोलन सान्दर्भिक नभएको जनाउँदै परीक्षामा असफल भएर बिदा हुने शिक्षकलाई तत्काल सुविधा दिनपर्ने र रिक्त पदमा चाँडो खुल्ला परीक्षा हुनुपर्ने अडानमा छ। 

आन्तरिक परीक्षाको सबै तहको लिखित परीक्षाको नतिजा प्रकाशन भई अन्तवार्ताको क्रम आउँदो फागुन पहिलो सातामै पूरा हुने र त्यसपछि अन्तिम नतिजा प्रकाशन हुने बताइएको छ।

 (तस्बिर : गुगलबाट)

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्