काठमाडौं- युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेल सकिँदा २ सय ४२ रन जोडेको हो। नेपालका तर्फबाट रोहितकुमार पौडेलले ५८ बलमा सर्वाधिक ५५ रन जोडे।
ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४४ र बसन्त भण्डारीले २१ रन जोडे। कप्तान पारस खड्काले ३१ बल खेल्दा २१ रन जोड्न सके। यस्तै आरिफ शेखले २९, करण केसीले १८, दीपेन्द्रसिंह ऐरीले १० रन बनाए। सोमपाल कामी भने २ रनमै आउट भए।
सन्दीप लामिछानेले २ चौकाको सहयोगमा १४ रन जोड्दा ललित राजवंशीले ५ बलमा ३ रनमात्र जोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।