काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यासविपरीत चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेको बताएका छन्।
किङ्गकम स्पोर्टस क्लबले भीमसेनागोलामा आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले सभामुखले असंवैधानिक तरिकाले विधेयक पारित गराएको आरोप लगाए।
सभामुखको भूमिकामाथि प्रश्न राख्दै उनले भने, ‘बहुमतको आधारमा चिकित्सा शिक्षा विधेयक पारित गर्नु संघीय संसदको गरिमाअनुसार अभ्यास भएन।’
संसदीय पद्धतिको रक्षाको लागि आफूहरु जस्तोसुकै मूल्य चुकाउनसमेत तयार रहेको बताए।
नेता सिंहले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई स्विकृति नदिनु राजनीतिक पूर्वाग्रह भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।