विराटनगर– उदयपुरको कटारीस्थित हात्तीमुढेमा गएराति बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
कटारीबाट चिपटार जाँदै गरेको ग १ ज ४८८६ नम्बरको जिप कटारी नगरपालिका १० मा दुर्घटना भएको हो। गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोस्ट कटारीले जनाएको छ।
दुर्घटनामा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट कटारीका हबलदार नवीन दाहालले बताए। घटनामा ७ जना घाइते भएका छन।
कटारी १० का वडा सदस्य दिलबहादुर थापा, कटारी १४ की रूपमाया आले मगर, जंगबहादुर भुजेल, कटारी १० की मैती विक, उर्मिला विक, मीतबहादुर बानियाँ र सहचालक रोशन खत्री घाइते भएको इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ।
घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय कटारीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।