इनरुवा- सुनसरी कोसी गाउँपालिकामा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ।
विपी स्मृति कृषि मेलाको अवसर पारेर कोसी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैंसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए।
प्रतियोगितामा कोसी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैंसी प्रथम, बालेश्वर परसैलाको दोस्रो र कोसी गाउँपालिका–४ का रामरत्न यादवको भैंसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिए।
विजेता भएका भैंसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए।
प्रतियोगितामा प्रथम भएका भैंसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैंसी नै पुरस्कार दिने घोषणा गरेकाछन्।
प्रतियोगितामा कोसी गाउँपालिका क्षेत्रभित्रका करिब दुई सयभन्दा बढी भैंसीलाई सहभागी गराइएको थियो।
कार्यक्रमअन्तर्गत आज गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।तस्बिर : पूर्वेली न्युज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।