काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुसीयाली मनाउन वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आग्रह गरेका छन्।
अनसनरत डा केसीको माग शतप्रतिशत सम्बोधन हुनेगरी सो विधेयक प्रतिनिधिसभाले पारित गरेको नेता भट्टराईको दाबी छ। उनले विधेयक पारित भएसँगै नेपाली विद्यार्थीहरुले पैसा खर्च गरेर बाहिर चिकित्सा शिक्षा अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य भएको पनि बताए।
नेता भट्टराईले सञ्चारकर्मीमाझ चिकित्सा क्षेत्र सुधारको माग गर्दै सदाका लागि आमरण अनसन बस्नु नपर्ने गरी सो विधेयक पारित गरिएको भन्दै आमरण अनसन छोड्न पनि वरिष्ठ चिकित्सक केसीसँग आग्रह गरे।
नेता भट्टराईले सो विधेयक विगतमा सरकारले गठन गरेको समिति, कार्यदललगायतको सुझाव पनि समेटेर पारित गरिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।