काठमाडौं– संसदमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरीत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ठहर गरेको छ।
प्रतिपक्ष दलको विरोधका बावजुद आज संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएकोमा राप्रपाले चिन्ता व्यक्त गरेको छ।
‘गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरीत हो’, विज्ञप्तिमा भनिएको छ।
राप्रपाले सरकारको आजको कदमले मुलुक मुठभेडको दिशामा जानसक्ने अवस्थाको सिर्जना भएको बताएको छ।
राप्रपाले भनेको छ, ‘प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुद सरकारका तर्फबाट जबर्जस्ती ढंगबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि बढ्ने अवस्थाको सिर्जना भएकोमा राप्रपा चिन्ता व्यक्त गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।