काठमाडौं– संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दैछ।
अनसनरत डा गोविन्द केसीसँग भएको सहमतिविपरीत विधेयक पारित भएसँगै कांग्रेसले आफ्नो आधिकारीक प्रतिक्रिया जनाउन आकस्मिक पत्रकार सम्मेलन डाकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
'हामीले विधेयक पारितकाे सम्बन्धमा आधिकारिक रुपमै पत्रकार सम्मेलनकाे तयारी गर्दैछाैं', उनले भने, 'त्यहींबाटै कांग्रेसले आफ्नाे धारणा सार्वजनिक गर्नेछ।'
कांग्रेसको विरोधका बाबजुद आज प्रतिनिधिसभाको बैठकबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।