काठमाडौं– अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य अभिनयमा फिल्म ‘सानो मन’ निर्माणको घोषणा भएको छ।
केही दिनअघि निर्माण घोषणा गरिएको फिल्मले बिहीबार काठमाडौंको कमलादीस्थित मन्दिरमा फिल्मको शुभ मुहूर्तसमेत सम्पन्न गरेको छ।
मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्म काठमाडौं, भैरहवा, मकाउ, हङकङलगायत स्थानमा छायांकन हुनेछ।
सुयोग गुरुङको निर्देशन रहने फिल्ममा आयुष्मान र शिल्पासँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
योगेश गुरुङ, राजिब श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानीमा निमार्ण हुने फिल्म समिर सुनुवार र निर्देशक गुरुङले लेखेका हुन्।
फिल्ममा आलोक शुक्लाको छायांकन रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।