काठमाडौं- प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सभामुख कृष्णबहादुर महराको पहलाम सर्वदलीय बैठक बसिरहेको छ।
संसद भवन बानेश्वरमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानुनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको हो।
सरकारले आज संसदमा चिकित्सा शिक्षा विधेयक पेस गर्दैछ। जसरी पनि पारित गर्ने रणनीतिमा सरकार रहेपछि प्रतिपक्षी कांग्रेसले त्यस्तो अवस्था आए मुठभेड हुन सक्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।