एजेन्सी– बलिउड अभिनेत्री सनी लियोनी आजकल फिल्ममा कमै मात्र देखिन्छिन्। नायिकाको भूमिकामा खासै नदेखिए पनि ‘आइटम डान्स’मा भने उनको बजार अझै घटेको छैन।
पछिल्लो पटक सनीलाई फिल्म ‘पटेल की पन्जावी सादी’ मा ‘आइटम गर्ल’ को भूमिका निभाउन अफर आएको थियो। सो फिल्मको लागि उनले पाँच लाख रुपैयाँ पेश्कीसमेत लिइसकेकी थिइन्। तर, सनीले उक्त फिल्ममा काम गरिनन्। उनले न फिल्म खेलिन् न लिएको पाँच लाख रुपैयाँ नै फिर्ता गरिन्।
फिल्मका निर्माता भरत पटेलका अनुसार सनीले स्पेसल डान्स सुट गर्ने तय भएपछि ५ लाख एडभान्स लिइन्, सुटिङको दिन आयो तर उनी गइनन्।
अहिले निर्माता पटेलले पैसा फिर्ता गर्न ताकेता गरिरहेको तर सनीले आनाकानी गरिरहेको बताइएको छ।
उक्त गीतमा सनीले ४० लाख रुपैयाँमा काम गर्ने तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।