म्यानचेस्टर– म्यानचेस्टर सिटी इंग्लिस इएफएल कपको उपाधि नजिक पुगेको छ। सिटीले सेमिफाइनलमा बर्टनमाथि समग्रमा १०–० गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा ९–० ले विजयी भएको सिटीले बुधबार भएको दोस्रो लेगमा १–० को जित निकाल्यो। सिटीका लागि दोस्रो लेगमा सर्जियो अग्युरोले गोल गरे। उनले खेलको २६ मिनेटमा गोल गरेका थिए।
सिटीले उपाधिका लागि अब टोटनह्याम र चेल्सीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।