बार्सिलोना– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा साविक विजेता बार्सिलोना पराजित भएको छ।
बार्सिलोनालाई बुधबार राति भएको खेलमा सेभिल्लाले २–० गोलले पराजित गरेको हो। सेभिल्लाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। साराबियाले ५८ मिनेटमा पहिलो गोल गर्उदा बेन येड्डरले ७६ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
खेलमा बार्सिलोनाले आफ्ना स्टार खेलाडी लिओनल मेसीलाई आराम दिएको थियो। लोनमा आबद्ध भएका केभिन प्रिन्स बोएटिङ भने डेब्यू गरेका थिए।
बार्सिलोनाले पछिल्लो चार सिजन प्रतियोगिताको उपाधि जित्दै आएको छ। बार्सिलोनाले सन् २०१३ पछिका हरेक प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।