• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्विट्जरल्यान्डकाे डाभाेसमा नेपाल

64x64
नेपाल लाइभ बिहीबार, माघ १०, २०७५  ०३:४५
1140x725

डाभोस- विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक अहिले स्विट्जरल्यान्डकाे डाभाेसमा चलिरहेकाे छ। मंगलबारबाट सुरु भएकाे सम्मेलनलाई विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाका लागि 'कुम्भ मेला'कै रुपमा लिइन्छ।

तापक्रम माइनस १० डिग्री, चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउन सकिन्छ भन्ने सम्बन्धमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त छन्। यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन्।

मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १ सय देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान गर्न काम गर्नुपर्ने विचार राखे। उनले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताए।

स्विट्जरल्यान्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

सो सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव साटेका थिए।स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउनेमा उनीहरुकाे एकमत देखिएकाे थियाे।

सत्रको सहअध्यक्षता गर्ने युवा बसिमा अब्दुल रहमान, हुआँ डेभिड अरिस्टीजवाल, नूरा बेरुवा, जुलिया लुस्कोम्बे, मोहम्मद हसन मोहमुद, सत्य नाडेल्ला र अकिरा साकानोले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट के–कसरी योगदान गरी विश्वको मुहार फेर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए।

Ncell 2
Ncell 2

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी भएका छन्। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत छन्।

सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता गरेका थिए। भेटमा यसअघि संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भएकाे भेटकाे पूर्व राष्ट्रपति बर्सेटले सम्झना गरेकाे प्रधानमन्त्री ओलीले बताए।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले ‘दक्षिण एसिया : एक रणनीतिक दृष्टि’ शीर्षकको परिसंवाद कार्यक्रममा वक्ताका रुपमा भाग लिएका थिए। नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढिरहेको छ भनी सञ्चालक पान्गेस्तुले सोध्दा प्रधानमन्त्री ओलीले वार्ताबाट द्वन्द्व समाधान गरिएको बताएका थिए।

उनले नेपालमा संविधान जारीपछि कानुनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढेको बताए।

त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीका ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’लाई अन्तर्वार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी दिएका थिए।

मंगलबाार साँझ नै प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य प्राध्यापक क्लाउस स्वाबले सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा दिएकाे रात्रिभोजमा सहभागी भएका थिए।

उता अर्थमन्त्री डा खतिवडाले अङ्कटाडका पदाधिकारीसँगको छलफलमा भाग लिएका थिए। सो अवसरमा विकासोन्मुख मुलुकमा वैदेशिक लगानी घटेकाेप्रति आफूले चिन्ता व्यक्त गरेकाे अर्थमन्त्री खतिवडाले जानकारी दिए। उनले लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने र स्थानीय जनतालाई पनि सेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुने विचार राखेका थिए।

यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै साझेदारीमा काम गर्न सकिने उनले बताए। सो अवसरमा अङ्कटाडका वरिष्ठ निर्देशक जेम्स झानले भाग लिएका थिए।

मङ्गलबार नै परराष्ट्र सचिव शङ्करदास वैरागीले स्विस सङ्घीय परिषद्का मन्त्री पास्कल बाएरिस्विलसँग भेटवार्ता गरे। उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। 

अत्यन्त चिसो भए पनि सबैतिर हिउँले ढाकिएको वातावरणले डाभोसको सुन्दरतालाई अझ बढाएको छ । स्वयंसेवक र सुरक्षाकर्मीले अत्यन्त चुस्तरुपमा यस बृहत् भेलालाई व्यवस्थित गरिरहेका छन् । सम्भ्रान्तको क्लब पनि भनिने यस भेलामा चीनबाट पनि प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यहाँको वातावरण अत्यन्त चिसो भएकाले हिउँ पर्ने तर पग्लन पनि नसकी थुप्रिने भएकाले जताततै हिउँको थुप्रोले सुन्दर आकृति पनि देखिन्छन् । प्रत्येक रुखले पनि हिउँकै भारी बोकेका छन् । सडक सञ्चालन गर्न नुन प्रयोग गरिने गरेको बताइन्छ । सडकमा भने खासै हिउँ देखिँदैन ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्