• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्विट्जरल्यान्डकाे डाभाेसमा नेपाल

64x64
नेपाल लाइभ बिहीबार, माघ १०, २०७५  ०३:४५
1140x725

डाभोस- विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक अहिले स्विट्जरल्यान्डकाे डाभाेसमा चलिरहेकाे छ। मंगलबारबाट सुरु भएकाे सम्मेलनलाई विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाका लागि 'कुम्भ मेला'कै रुपमा लिइन्छ।

तापक्रम माइनस १० डिग्री, चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउन सकिन्छ भन्ने सम्बन्धमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त छन्। यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन्।

मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १ सय देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान गर्न काम गर्नुपर्ने विचार राखे। उनले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताए।

स्विट्जरल्यान्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

सो सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव साटेका थिए।स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउनेमा उनीहरुकाे एकमत देखिएकाे थियाे।

सत्रको सहअध्यक्षता गर्ने युवा बसिमा अब्दुल रहमान, हुआँ डेभिड अरिस्टीजवाल, नूरा बेरुवा, जुलिया लुस्कोम्बे, मोहम्मद हसन मोहमुद, सत्य नाडेल्ला र अकिरा साकानोले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट के–कसरी योगदान गरी विश्वको मुहार फेर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी भएका छन्। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत छन्।

सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता गरेका थिए। भेटमा यसअघि संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भएकाे भेटकाे पूर्व राष्ट्रपति बर्सेटले सम्झना गरेकाे प्रधानमन्त्री ओलीले बताए।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले ‘दक्षिण एसिया : एक रणनीतिक दृष्टि’ शीर्षकको परिसंवाद कार्यक्रममा वक्ताका रुपमा भाग लिएका थिए। नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढिरहेको छ भनी सञ्चालक पान्गेस्तुले सोध्दा प्रधानमन्त्री ओलीले वार्ताबाट द्वन्द्व समाधान गरिएको बताएका थिए।

उनले नेपालमा संविधान जारीपछि कानुनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढेको बताए।

त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीका ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’लाई अन्तर्वार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी दिएका थिए।

मंगलबाार साँझ नै प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य प्राध्यापक क्लाउस स्वाबले सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा दिएकाे रात्रिभोजमा सहभागी भएका थिए।

उता अर्थमन्त्री डा खतिवडाले अङ्कटाडका पदाधिकारीसँगको छलफलमा भाग लिएका थिए। सो अवसरमा विकासोन्मुख मुलुकमा वैदेशिक लगानी घटेकाेप्रति आफूले चिन्ता व्यक्त गरेकाे अर्थमन्त्री खतिवडाले जानकारी दिए। उनले लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने र स्थानीय जनतालाई पनि सेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुने विचार राखेका थिए।

यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै साझेदारीमा काम गर्न सकिने उनले बताए। सो अवसरमा अङ्कटाडका वरिष्ठ निर्देशक जेम्स झानले भाग लिएका थिए।

मङ्गलबार नै परराष्ट्र सचिव शङ्करदास वैरागीले स्विस सङ्घीय परिषद्का मन्त्री पास्कल बाएरिस्विलसँग भेटवार्ता गरे। उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। 

अत्यन्त चिसो भए पनि सबैतिर हिउँले ढाकिएको वातावरणले डाभोसको सुन्दरतालाई अझ बढाएको छ । स्वयंसेवक र सुरक्षाकर्मीले अत्यन्त चुस्तरुपमा यस बृहत् भेलालाई व्यवस्थित गरिरहेका छन् । सम्भ्रान्तको क्लब पनि भनिने यस भेलामा चीनबाट पनि प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यहाँको वातावरण अत्यन्त चिसो भएकाले हिउँ पर्ने तर पग्लन पनि नसकी थुप्रिने भएकाले जताततै हिउँको थुप्रोले सुन्दर आकृति पनि देखिन्छन् । प्रत्येक रुखले पनि हिउँकै भारी बोकेका छन् । सडक सञ्चालन गर्न नुन प्रयोग गरिने गरेको बताइन्छ । सडकमा भने खासै हिउँ देखिँदैन ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्