• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अहिलेको बनिबनाउ नेकपाले समाजवाद ल्याउँदैन

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०७५  २२:०३
1140x725

समाजवादको कुरा गर्दा कम्युनिष्ट पार्टीको घोषणापत्रको नाम किन ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ राखियो भनेर माक्र्सले एक ठाउँमा स्पष्टीकरण दिएका छन्। युरोपमा कम्युनिष्ट पुुँँजीपतिहरुले समाजवादको झण्डा यति उठाए कि तिनीहरुभन्दा हामी फरक हौँ भन्ने कुरा भन्नै नसकिने भो। अहिले युरोपमा समाजवाद यति व्यापक भयो कि जसले पनि आफूलाई समाजवादी भन्छ। 

नेपालको निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी समाजवादी भएर अहिले दुःख भएको हो कि? जसले गर्दा समाजवादमा धेरै छलफल पनि हुन परेन। के हो समाजवाद भन्ने कुरा बुझ्न पनि परेन। 

संविधानमा समाजवाद छ। हाम्रा पार्टीहरूले घोषणापत्र र विधानमा त्यो लेखेका छन्। यसरी सबै समाजवादी भएको हुनाले समाजवादको चरण नै सकिने हो कि भन्ने डर लाग्छ। अहिले समाजवाद र नेकपाको दुई तिहाइ भन्ने बिन्दुबाट कुरा उठ्नु स्वभाविक हो जस्तो लाग्छ। यो विषयमा हामीले अलिअलि छलफल गरेका छौँ। तर, हाम्रो यसमा अझै छलफल हुन जरुरी छ। 

किनभने, न हामीले चिनियाँ बाटो अंगीकार गर्न सक्छौैँ न सोभियत संघको वा अरु कसैको। हामी अलि आफ्नो तरिकाले आएका छौँ। यस हिसाबले भन्दा मलाई कहिलेकाहीँ के लाग्छ भने, चिनियाँहरूले चिनियाँ विशेषतासहितको समाजवाद भन्छन् भने हामी नेपाली विशेषताको समाजवाद भन्न सकिन्छ कि सकिँदैन होला? निश्चितै रुपमा यो कुरा सकिन्छ होला भन्ने लाग्छ। सैद्धान्तिक रुपमा यसो भन्ने कि नभन्ने? यसमा छलफल गरौँ। तर, हाम्रो कार्यभार चिनियाँभन्दा फरक छ कि, रुसीहरूको भन्दा फरक छ कि वा अरु कसैको भन्दा फरक छ? हाम्रा कार्यभार के हुन् भनेर अब विमर्श सुरु गर्नुपर्छ होला। 

अब नेपाली समाज पुँजीवादी समाज हो। अब यो सामन्ति समाज रहेन। नेपाल आफैैैमा एउटा जनवादी क्रान्ति सम्पन्न गरिसकेर अगाडि बढिसकेको एउटा समाज हो, राजनीति हो। यस वरिपरि पनि वास्तवमा जति छलफल हुनुपर्थ्ययो त्यति भएको छैन। एक हिसाबले भन्दा धेरै आत्मप्रशंसामा रुमल्लिएको अवस्था छ। 

हामीले तत्कालीन नेकपा(एमाले)को ८औ महाधिवेशनमा ६०/६२ पृष्ठको एउटा दस्तावेज लेखेका थियौँ। त्यसमा हाम्रो समाज, वर्ग, बदलिएको समाज, बदलिएको वर्ग, बदलिएको राजनीतिक दिशा, क्रान्ति र यसको चरित्रका बारेमा त्यसमा विश्लेषण गरेका थियाैँ।

अहिले पनि त्यसभन्दा बाहिर अरु अभ्यास मैले देखेको छैन्। त्योभन्दा बाहिरपट्टी अथा त्योभन्दा माथि, त्यसलाई च्यालेन्ज गरेर अथवा त्यसलाई परिपुष्टि गर्ने वा  अरु योगदान गर्ने हिसाबले कहीँ छलफलै भएको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

यस हिसाबले हेर्दा हाम्रो सैद्धान्तिक र राजनीतिक उचाइ त्यही हो कि? यदि, त्यही हो भने यो धेरै डरलाग्दो कुरा हो। यसले हाम्रो समाजवादको अबको जिम्मेवारी, कार्यभारलाई पूरा गर्न धेरै गाह्रो हुनेछ। हाम्रो आजको ठ्याक्कै समस्या के होला? त्यस हिसाबको विश्लेषणले भन्न सकिन्छ—समाज पुँजीवादी समाज हो। पुँजीवादको दुईवटा चरित्र हुन्छ। एउटा उत्पादक चरित्र हुन्छ, अर्को अनुत्पादक चरित्र हुन्छ। ‍

नेपालको पुँजीको मुख्य चरित्र अनुत्पादक भएको हुनाले यो दलाल हो। यो दलाल चरित्रलाई पहिला राष्ट्रिय चरित्र, उत्पादक चरित्र, उद्यमशील चरित्रमा बदलिएन भने त्यसले समाजवादतिर जाने बाटो नै तय गर्दैन। त्यो अगाडि बढ्दै बढ्दैन। जनवाद, समाजवाद र समाजवाद–पुँजीवादको झगडा हामीकहाँ मात्रै होइन कि?कांग्रेसको पनि २०४८ सालपछि समाजको ‘डोमिनेन्ट क्यारेक्टर’ वर्चश्वशाली चरित्र) दलाल पुँजीवादी थियो। त्यसको सत्ता जुन आउँदै थियो, त्यसमा अलि अन्योल थियो। 

कांग्रेसले के गर्छ? कुन बाटो लिन्छ भन्नेकु्रा अन्योल थियो। या त त्यसले समाजको वर्चश्वशाली त्यो चरित्रसँग लड्ने राजनीति हुनुपथ्र्यो र त्यहाँ अलि लामो समयसम्म संघर्ष गर्नुपथ्र्यो। समाजवाद र दलाल पुँजीवादबीचको संघर्ष अलि लामो समयसम्म जान्थ्यो होला। या त कांग्रेसलाई पनि उसले दलाल पुँजीवादी बनाउनुपर्ने थियो। 

यो काम गिरिजाबाबुु (गिरिजाप्रसाद कोइराला) को नेतृत्वमा अक्षरशः समाज जस्तो छ, राजनीति बनाउने काम भयो। दलाल पुँजीवादी समाजको चरित्र थियो, त्यसलाई नेतृत्व गर्नका लागि दलाल पुँजीवादी पार्टी बनाइदियो। यो संगतिपूर्ण भयो। गिरिजाबाबुको नेतृत्वले दलाल पुँजीवादको संरक्षण गर्न सक्दैन कि भन्ने लागेपछि राजा ज्ञोन्द्र शाह अघि सरेका थिए। उनले सकैनन्। चाँडै नै बिदा भइहाले। 

हामीले के इन्कार गर्नुहुन्न भने, हामीले समाजवाद र दलाल पुँजीवाद सँगसँगै लड्दै आएका छौँ। यदि, यो कोणबाट हेर्नुहुन्छ भने, यो दुई तिहाइ कसको दुई तिहाइ हो? दलाल पुँजीवादको दुई तिहाइ हो कि समाजवादको दुई तिहाइ हो? यसमा प्रश्नै उठेन भने यो गिरिजाबाबुको जस्तै हुन्छ। समाज जस्तो छ, राजनीति त्यस्तै भइदिन्छ। दुई तिहाइ कसको हो भन्ने एउटा धेरै ठूलो प्रश्न हो। यद्यपि, म पनि त्यसभित्रकै मान्छे हुँ। आजको समाजवाद कम्तिमा दुई तिहाइको हो भन्ने कुरा ग्यारेन्टि नगरिकन अगाडि बढ्न सकिँदैन। यो फ्रेम(सिमा)भित्र छलफल गरेर जाने हो भने लडाइ बाँकी छ, है। यस अर्थमा, यो पार्टी (नेकपा)लाई नै समाजवादी पार्टी बनाउन बाँकी छ। 

अहिलेको बनिबनाउ नेकपाले समाजवाद ल्याउँदैन। यो कुरा मैले धेरै अगाडिदेखि भन्दै आएको छु। यद्यपि, यसले धेरै राम्रो काम गरेको  छ। यसले ल्याएका धेरै ठूला उपलब्धी छन्। तर, त्यो प्रयाप्त छैन। जे गरिएको छ, जे प्राप्त भएको छ, त्यसले समाजवादको ग्यारेन्टी गर्दैन। किनभने हामीले समाजवादको पक्षमा दुई तिहाइ भन्नेगरी आफ्नो पार्टीलाई नै विकसित गरेका छैनौँ। त्यो एजेन्डा बनेको छैन। अहिले नै हेर्दा पनि देशको कति ठाउँमा यस्ता छलफल हुन्छन्? यस्तो छलफल त नेकपाको हरेक गाउँपालिका, हरेक नगरपालिकाले निरन्तर गरिराख्नुपर्ने हो। यदि, समाजवादको ग्यारेन्टी गर्ने हो भने यो विषयको छलफल त्यहाँ गर्नुपर्छ। यो बाहिर–बाहिर चलिरहेको बहसलाई कसरी कम्युनिष्ट पार्टीभित्र हुलिदिने? यसमा काम गर्नुपर्छ। 

खासगरी अबको राजनीति र अर्थतन्त्रको दिशा कस्तो होला भन्ने कुरामा छलफल गरेर जानुपर्छ। अर्थतन्त्रको कुरा गर्दा, आर्थिक नीतिहरूको कुरा गर्दा अथवा, यो सरकारको बजेटको कुरा गर्दा मुलतः दुई/तीन ठाउँमा हामीले ध्यान दिनुपर्छ  होला। हामीले सबभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र कृषि क्षेत्र नै हो। त्यहाँ रहेको जनसंख्या र श्रमकको ध्यान नदिइकन, अन्त–अन्त मात्रै दगुरेर, रेलको, पानी जहाजको कुरा गरेर मात्रै हुँदैन। यदि, रेल र पानी जहाज हामीलाई जरुरी छ भनेर भन्ने हो भने पनि आज त्यो जनसंख्यालाई पानी जहाजको कति जरुरी छ भन्ने कुरा हामीले पुष्टि गरेर जानुपर्छ। 

हाम्रो जसरी टुक्रिएको कृषि क्षेत्र छ, त्यस हिसाबले हामीले यस क्षेत्रमा बृहत सहकार्य राख्दै जानुपर्छ। त्यसलाई हामी औधोगिकृत गर्दै जान्छौंँ। त्यसमा हामी लगानी बढाउँछौँ। आवश्यताअनुसार यान्त्रिकिरण पनि गर्छौँ। यो क्रममा कृषिक्षेत्रबाट श्रम अतिरिक्त भएर जानेछ। कृषिको औगोगिकरण गर्ने र रोजगारी सृजना गर्नेतर्फ केन्द्रित गर्नुपर्छ। 

हामीले त्यसभन्दा बाहिर रोजगारबाट रोजगारी खोज्नुपर्छ। हामीले त्यसो गर्यौँ भने, कृषिचाहिँ समाजवादी स्वामित्व अन्र्तगत आउन सजिलो हुन्छ। यो १०–१५ वर्षमा समाजवादी स्वामित्व अन्र्तगत आउने छ। किनभने, कामका, रोजागरीका अरु विकल्प दिइयो भने कृषिको क्षेत्रमा बकौती कर्जा बढाउँदै जान सकिन्छ।  जस्तो, मेरो छोराले ५० प्रतिशत तिरेपछि मात्रै मेरो सम्पतिमा अंश पाउँछ वा बकौती पाउँछ  भन्ने कु्रा आज गर्न सक्ने हो भने ऊ ५० प्रतिशत पैसा लिएर हिँड्दैन। बाउको जग्गा खानका लागि ५० प्रतिशत दाबी गरेर आउँदैन। किनकी, उसका लागि यो भन्दा अरु नै राम्रा क्षेत्र हुन्छ। सम्भवः कृषिलाइ हामीले सामूहिक, सार्वजनिक स्वामित्व अन्र्तगत ल्याउने कुरा छाडेर अरु जे सुकै गरे पनि समाजवादको कुनै पनि जग बसाउन सकिँदैन। 

लामो समय, १०–१५ वर्ष हाम्रो अर्थतन्त्रको मोटामोटी हिंसा यस्तै भएर जान्छ। कति यसको राम्ररी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा नै हामीले ध्यान केन्द्रित गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, हामी प्रगतिशील कर लगाउने छौँ। त्यसबाट एकातिर तलको मान्छेलाई चाहिँ जागिरको ग्यारेन्टी गर्ने दिशामा जान्छौँ। कृषिलाई हामीले आधुनिकीकृत, औद्योगिकृत गर्छौँ। तल्लो वर्गलाई सशक्तिकरण गर्ने एउटा यो तरिका हो। हामीसँग प्रतिशील करबाट उठेको पैसा हुन्छ। त्यसबाट शिक्षा र स्वास्थ्यमा हामी ठूलो लगानी गर्न सक्छौँ। यसमा राज्यले लगानी गर्न सक्छ। हामी राम्रो शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सक्छौँ। 

यो पाटोबाट १०–१५ वर्ष मुलुक हिँड्दै जाँदा हामीलाई अभ्यासले भूमिलाई सार्वजनिक स्वामित्वमा ल्याउने प्रक्रियामा लैजान्छ। यसबाट हामी समाजवादतर्फ निरन्तर अगाडि बढ्दै जान सक्छौँ। यो भन्दा बढी अहिले अरु केही गर्न सकिन्छ भन्ने मलाई लाग्दैन। तर, राजनीति त्यतातिर गइराखेको छ कि छैन? हामी त्यो दिशामा छाँं कि छैनौँ? भन्ने कुरा आजको सन्र्दभमा निकै महत्वपूर्ण प्रश्न हो। आज हामी त्यतिपट्टि गइराखेका छैनौँ। दलाल पुँजीवादलाई नियन्त्रण गर्नका लागि हामीले कति काम गरेका छौँ भन्ने कुराले नै हामी त्यतापट्टि गएका छौँ कि छैनौं भन्ने कुराको जवाफ दिन्छ। हामीले त्यसतर्फ गम्भीरतापूर्वक सौचौँ। 

साँच्चै भन्दा यो विकास, समाजवाद, समाजवादी बटेज बनाउने कुराप्रति संसद्मै पनि मेरो चासो कम  हुन्छ। त्यहाँ अर्थमन्त्रीलाई चारवटा सुझाब दिएपछि त्यसले समाजवाद ल्याइन्छ कि जस्तो गरेर मान्छेले जसरी छलफल गर्छन्, मलाई त्यसमा पटक्कै विश्वास छैन। अर्थमन्त्रीलाई बजेट दिएर वा स्थायी कमिटिको बैठक बसेर, फलाना–फलाना मन्त्री बनाउने भनेर, आफ्नता नातागोता, चारकहरूलाई राजनीतिक नियुक्ति दिलाएर हुँदैन। यो समाजवादतिर जाने तरिका होइन। 

समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो। यसमा हाम्रो छलफलै हुँदैन। किनभने, मलाई पनि पार्टी पहिले नै छँदैछ भन्ने लाग्छ। दुई तिहाइ आइसकेको छ। अस्ति प्रचण्ड कम्रेडले भनेको जस्तो ‘ड्याम–ड्याम’ समाजवाद ल्याउने काम छाडेर पार्टी बनाउने कुरामा धेरै जाँगर लाग्ने कुरा पनि त भएन।

‘ड्याम–ड्याम’ समाजवाद ल्याउने कुरा छ, ‘ड्याम–ड्याम’ काम गर्ने कुरा छ। त्यसैले मुख्य त यदि समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो। 
अहिलेको बनिबनाउ पार्टीले समाजवाद ल्याउँदैन। त्यसका लागि समाजवादी पार्टी बनाउनुपर््योो। त्यो पार्टीका लागि सिद्धान्त चाहियो, संगठन बनाउनुपर्‍यो। यदि, यो न गर्ने हो भने यो सबै कुरा गफ हो है! यो दुई तिहाइ नि गफ हो। त्यस्तो अवस्थामा दुई तिहाइले समाजवादमा सर्मथन गर्दैन। सबै कुरालाई छोडिदिने हो भने दुई तिहाइले समाजवादलाई सर्मथन गर्दैन। 

म हरेक समाजवादी साथी, कम्रेडहरूलाई के अनुरोध गर्न चाहन्छु भने, हाम्रो सम्पूर्ण प्रयत्न यो समाजवादी पार्टी कस्तो बन्छ भन्ने बारेमा अलि साँच्चिकै साचिहाल्ने हो कि? थालिहाल्ने हो कि?

नेपालको नेतृत्व गाउँ, नगरदेखि नै सुरु हुन्छ। नेतृत्वको बहुमत अब नकामाएको सम्पतिले बाँच्न थाल्यो। नेपाली राजनीतिक पार्टी यस्ता भए कि अब यिनीहरु नकमाएको सम्पतिले पालिन्छन् । माथिदेखि तलसम्म यस्तै छ । जति माथि गयो यो झन् बढ्दै जान्छ ।बाइडबडी कान्ड, एनसेल कान्ड, चूडामणी शर्मा कान्ड। यो त प्रस्ट छ । कांग्रेस केही करायो भने ए खोजेको हो ? भन्दिएपछि कांग्रेस बोल्दैन् । देखियो नि त, कोही नबोल्ने भयो । 

त्यसो हुनाले समाजवाद ल्याउनका लागि पहिलो सर्त समाजवादी पार्टी हो। समाजवादी पार्टीको पूर्वसर्त समाजवादी सिद्धान्त नै हो । 

(‘समकालीन विमर्श’ शृङ्खला अन्तर्गत आइतबार राजधानीमा नेपाल वैकल्पिक अध्ययन समाजले ‘समकालीन नेपालमा समाजवाद’ विषयको छलफलमा नेकपा नेता भुसालले राखेको मन्तब्यको सम्पादित अंश।)
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्