• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आवेगमा आई घर छोड्ने सन्तानले जस्तो व्यवहार गर्ने छुट हामीलाई छैन

64x64
नेपाल लाइभ शुक्रबार, माघ ४, २०७५  १४:०५
1140x725

गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न भ्याएको थिइन। आज लेख्दैछु।

सबैभन्दा पहिले म तपाईंहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। तपाईंहरूको हामीमाथि जुन विश्वास थियो र पार्टीमा जुन किसिमको परिस्थिति सृजना भयो त्यसबाट तपाईंहरूमा पुगेको आघात केवल व्यक्तिको पीडा, भावना, सहमति र विमतिसँगमात्र सम्बन्धित छैन। त्यो दशकौँदेखि यो देशको रूपान्तरणका लागि हरेक नेपालीको मनमा बलेको आगोसँग सम्बन्धित छ। आफ्नो र सन्तानको भविष्यसँग सम्बन्धित छ। त्यसैले तपाईंलाई परेको आघातका लागि हामी पार्टी निर्माणमा जुटेको नेतृत्व पंक्ति नै जिम्मेवार छौं।

त्यति भन्दाभन्दै पनि मैले केही कुरा स्पष्ट गर्नैपर्छ। म लगायत पार्टी नेतृत्वको एउटा पंक्तिमाथि अहिले निरन्तर आरोपहरू लगाइँदै छन्। मानिलिऊँ, हामी पत्रु हौं, हामी आडम्वरी हौं, गैरलोकतान्त्रिक हौं, सुसंस्कृत राजनीति नबुझेका पदका भोका हौं, हामीले संस्कार होइन सत्तामात्र देखेका छौं, हामी परम्परागत राजनीतिका प्रतिविम्ब हौं, हामी अंकगणितको खेल खेल्ने षडयन्त्रकारी हौं, हामी जे–जे नहुनु पर्ने ती सबै हौं। अनि हामीलाई आरोप लगाउनेहरू चाहिँ नेपालका सबैभन्दा असल, क्षमतावान, सभ्य र सुसंस्कृत व्यक्ति हुन्, जसको संघर्षबाट मात्र यो देश परिवर्तन हुनसक्छ। उहाँहरू त्यस्तै हुनुहुन्छ भने त्यस्तै रहनुहोस्, मेरो शुभकामना छ।

हामीले आफूलाई तुलनात्मकरूपमा असल मान्छे दाबी गर्दागर्दै पनि हामी आखिर मान्छे नै हौं। हाम्रा कमजोरीहरू छन् र नयाँ यात्रामा हिँड्दा बेलाबखत बाटोमा अलमलियौं होला। तर, मुलबाटो न त छोडेका छौं, न त छोड्ने नै छौं। घुम्तीमा आएका अलमलबाट आत्तिएर बाटो बदल्दा गन्तव्यमा पुग्न सकिँदैन। परिस्थितिमा परेको गाँठो नफुकालेर बाहिर निस्कनेले फेरी अर्को गाँठो पार्छ या अर्को गाँठो पर्दा फेरी तर्सिएर भाग्छ। त्यसैले हामी जतिसुकै जटिलता आए पनि यो यात्रा छोड्दैनौं। र, विश्वास गर्नुहोस्, जसले जति नै सभ्य भाषामा दानवीकरण गर्न खोजे पनि समग्रमा हाम्रो बाटो गलत छैन। हामी ठिक दिशामा अग्रसर छौं। भएका कमजोरीहरू सुधार्दै जान्छौं।

हामी ठिक दिशामा अग्रसर छैनौं भन्नेहरूले ममाथि २० वटा आरोप लगाउन सक्छन्। स्वभाविकरूपमा म पनि ४० वटा प्रतिआरोप लगाउन सक्छु र त्यसका पर्याप्त आधार छन्। तर, त्यसो गर्नु उपयुक्त हुँदैन। यद्दपि मैले एउटा कुरा चाहिँ तपाईंहरूलाई भन्नै पर्ने हुन्छ।

बाहिर र भित्र केही (सबै होइन) साथीहरूको निरन्तरको एउटा प्रयास थियो– कुनै पनि हालतमा मलगायत नेतृत्वको एउटा पंक्तिलाई विफल प्रमाणित गरिदिने र केही वर्षदेखिको भिन्न नेतृत्व र शैली ठिक थियो भनेर स्थापित गर्ने। त्यो प्रयासले पार्टी निर्माणको काममा सधैं अत्यधिक जटिलता सृजना गर्यो। तर, त्यो प्रयास सफल हुने संभावना न्यून भएपछि पछिल्लो स्थिति विकसित भयो, जहाँ एउटा पक्ष मरेर काम गथ्र्यो, जसका कारण देशविदेशमा पार्टीको छवि उच्च भयो, विवेकशील साझाले साँच्चिकै देशको रूपान्तरणकारी नेतृत्व गर्नसक्छ भन्ने आशा सञ्चार गरायो।

तर, अर्को एउटा पक्ष थियो, जो भएका कामको खोटमात्र खोजेर बस्दथ्यो र पार्टी निर्माणमा होइन, निरन्तर पार्टीको विखण्डनमा योगदान गरिरहेको थियो। गर्न नहुने काम गरिसकेपछि अहिले उहाँहरूलाई गलत कदमको औचित्य दर्शाउन तथ्यहरू तोडमोड गर्ने र पूर्ण तथ्य उल्लेख नगरी विश्लेषण गर्नुपर्ने बाध्यता छ र उहाँहरूले त्यही गरिरहनुभएको छ। तर, देशविदेशमा फैलिएका सम्पूर्ण सदस्य, शुभेच्छुक, जिल्ला नेता र प्रदेश संयोजकहरूको एकताबद्ध सकारात्मकताका कारण सबै मिलेर हामी यो पार्टी बचाउन सफल भयौं। त्यसैले मेरा व्यक्तिगत कमजोरीका लागि तपाईंहरूसँग क्षमा माग्दा–माग्दै, हामी तपाईंहरूप्रति हार्दिक नमन गर्न चाहन्छौँ।

तपाईंहरूको साथ नभइदिएको भए नेपाल साँच्चिकै रूपान्तरण गर्नसक्ने संभावना बोकेको वैकल्पिक राजनीतिको यात्रा बाल्यावस्थामै निमोठिने थियो। र, आफूलाई वैकल्पिक भनेर रमाउने तर देश कुनै हालतमा रूपान्तरण गर्न नसक्ने एकाध पार्टीहरू बाँकी रहने थिए। मलाई पार्टी फुटाउन प्रत्यक्ष र परोक्ष भूमिका खेलेकाहरूभन्दा पार्टी जोगाउन भित्र र बाहिर महिनौंदेखि लागिपरेका साथीहरूको बारेमा चिन्ता छ। अनायासको एकांगी विश्लेषण, अहम् र भावुकताका कारण उहाँहरू पनि अन्तिम घडीमा बहकिनु भयो भन्ने मेरो बुझाइ छ। कुनै आडम्बर र कुण्ठाबिना सकारात्मक शक्ति बोकेका ती साथीहरूको सदा भलो होस् र उहाँहरूको यो देशको रूपान्तरणमा कुनै न कुनै रूपमा ठोस भूमिका रहोस्। उहाँहरूको समय, उर्जा, पेसागत वृत्तिविकासका अवसर खेर नजाओस्।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालभित्र र नेपाल बाहिर बसेका दशौं लाख नेपाली अझै पनि हामी मिलेर अगाडि बढिदिए हुन्थ्यो भन्ने पक्षमैं छन्। त्यो भावना यत्रतत्र सर्वत्र अभिव्यक्त भएका छन्। परिपक्व राजनीति भनेको आम सर्वसाधारणको भावनाको कदर हो। न वैचारिक विमति न कुनै ठूलो मनमुटाव। आवेग र अहंकारका कारण घर छोडेर हिँड्ने सन्तानले जस्तो व्यवहार गर्ने छुट हामीलाई छैन। मैले पहिले पनि लेखेको थिएँ, देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ। किनभने, हरेक मुटुमा देश अटाउनु पर्छ। पोख्नु पर्ने तिक्तता सबै छताछुल्ल भइसक्यो। अब पोख्न बाँकी केही पनि छैन। भन्न बाँकी पनि केही छैन। त्यसैले अझै पनि ढिलो भएको छैन। यो देशका लागि, हाम्रो भविष्य र सन्तानका लागि छाती र मुटु ठूलो बनाऊँ र मिलेरै जाऊँ भन्ने मेरो आग्रह छ।

जे होस्, यो पटकको जटिलता त हामीले मिलेर टार्यौं। तर, हामीलाई के लाग्छ भने, हामीले यो देशको नेतृत्वमा पुग्नुअगाडि अझ धेरै र जटिल जटिलताहरू पार गर्नुपर्छ। तपाईंहरु विचलित नभइदिनुहोला। हामीमाथिको योजनाबद्धरूपमा लगाइएका आरोप र त्यसले कतिपयमा परेको भ्रम चिर्दै हामी अगाडि बढिरहने छौं। सत्यतथ्य समयले स्थापित गर्ने नै छ।

प्रिय साथीहरु, तपाईंहरुको अटुट विश्वास, निरन्तरको लगाव, अहोरात्र खटाई र मुलुक रुपान्तरणको यो अभियानमा पूर्ण निष्ठा, सुझबुझ, संयमता, रचनात्मकता र कृयाशिलताका साथ सहयात्रा गर्न रत्तिभर पनि विचलित नहुन हृदयबाटै आग्रह गर्दछु।

फुटेर जाँदा जानेहरूको क्षणिक अहम् त साम्य होला, तर त्यसबाट समाज र देश रूपान्तरण हुँदैन। नेपालकै इतिहास पल्टाएर हेरे हुन्छ। यो जटिलताबाट हामी उठ्छौं र अझ सशक्तरूपमा उठ्छौं। हामी कसरी उठ्ने र कसरी अघि बढ्ने भन्नेबारे बुझ्न र बुझाउन यही माघ १२ गते पार्टीका सदस्यहरूको ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’ र माघ १३ गते विवेकशील साझा पार्टीमा चासो हुने सबै क्षेत्र र तप्काका सर्वसाधारणहरूका लागि काठमाडौंको राष्ट्रिय सभागृहमा‘ ‘विवेकशील साझाः अबको यात्रा कस्तो र कसरी’ कार्यक्रम आयोजना गर्दैछौं।

तपाईंको उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौं। ती दुई दिनका कार्यक्रमहरुपछि हामी तपाईंहरूकै जिल्लामा पनि आउने छौं।

तपाईंहरू सबैको जय होस्, नेपालको जय होस्।

(विवेकशील साझा पार्टीका संयोजक मिश्रको फेसबुकबाट)
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्