म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत रिय म्याड्रिड अन्तिम १६ को दोस्रो खेलमा हारका वाबजुद क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
रियललाई बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लेगानेसले १–० गोलले हरायो। पहिलो लेगमा ३–० को जित निकालेको फाइदा उठाउँदै समग्रमा ३–१ को जित निकालेर रियल अन्तिम ८ मा पुगेको हो।
यता अन्तिम १६ को दोस्रो लेगमा गिरोनासँग ३–३ गोलको बराबरीमा रोकिएपछि एट्लटिको म्याड्रिड बाहिरिएको छ। यसअघिको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगमा ३ अवे गोल गरेको फाइदा उठाउदै गिरोना अन्तिम ८ मा पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।