• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

तङ्ग्रिँदै क्षतिग्रस्त खेलकुद संरचना, दशरथ रंगशालाको पुनःनिर्माण ७० प्रतिशत सकियो

64x64
नेपाल लाइभ बुधबार, माघ २, २०७५  १८:४३
1140x725

काठमाडौं– २०७२ वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएका खेलकूदका संरचना क्रमिक रुपमा पुनःनिर्माण हुँदैछन्। 

भूकम्पका कारण कतिपय खेलाडीले आर्थिक तथा भौतिक क्षति ब्योहोरे भने भूकम्पकै कारण खेलकूदका भौतिक संरचना दशरथ रङ्गशालालगायत अरु प्रमुख खेलस्थल नराम्ररी प्रभावित भएको थियो।

भूकम्पका कारण क्षतिग्रस्त बनेका खेल संरचनामध्ये सातदोबाटोको अन्तर्राष्ट्रिय पौडी पोखरी पुनःनिर्माण भइसकेको छ भने सबैभन्दा बढी क्षतिग्रस्त भएका त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पुनःनिर्माण ७० प्रतिशतभन्दा बढी सकिएको छ।

कुनै बेला रङ्गशालाको पौडी पोखरी र सातदोबाटोको पौडी पोखरीबाट सिजनमा रु एक करोडसम्म आम्दानी हुने गथ्र्यो। भूकम्पपछि त्यो पनि शून्य भएको थियो। फेरी सातदोबाटोको पौडी पोखरी निर्माण भएपछि आम्दानीको स्रोतसमेत खुल्नुका साथै खेलाडीलाई नियमित प्रशिक्षणका लागि विदेश धाउनुपर्ने बाध्यता हटेको छ।

आठौँ दक्षिण एशियाली खेककूद भएका बेला विसं २०५६ मा चीन सरकारले बनाइदिएको उक्त पौडी पोखरी भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो। अहिले उक्त पौडी पोखरी चीन सरकारकै सहयोगमा पुनःनिर्माण भएको छ। चीन सरकारबाट नेपालमा निर्मित खेलकूदका भौतिक संरचना भूकम्पबाट क्षतिग्रस्त बनेपछि पुनःनिर्माणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुरुप सातदोबाटोस्थित यो पौडी पोखरीले नयाँ स्वरुप पाएको राखेपले जनाएको छ।

चीनको आफ्नै प्राविधिकले निर्माण गरिरहेको पौडी पोखरीमा पहिलाको भन्दा नयाँ प्रविधि प्रयोग गरिएको छ। अबका दिनमा यो पौडी पोखरीमा एशियन र ओलम्पिक जस्ता प्रतियोगितासमेत गर्न मिल्ने पौडी प्रशिक्षक शङ्कर कार्की बताउछन्।

यसैगरी भूकम्पपछि रोकिएको ए डिभिजन लिग यसै वर्षदेखि शुरु भएको छ। गत वैशाखमा एन्फामा कर्माछिरिङ शेर्पाको नयाँ नेतृत्व आएसँगै पहिलो प्रतिबद्धता नै लिग फुटबल शुरु गर्नु थियो। नभन्दै गत असोज १३ देखि नेपालमा लिग फुटबल शुरु भई पुस २४ गते सम्पन्न भएको छ।

यसैगरी विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेपछि रङ्गशालामा कुनै पनि खेलकूदका गतिविधि हुन सकेका छैनन्। भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ। रङ्गशाला पुनःनिर्माणको ७० प्रतिशत मात्र काम पूरा भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

भूकम्प गएको करीब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माण शुरु नै हुन सकेन। गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको रङ्गशाला आगामी जेठसम्म सम्पन्न हुने लक्ष्य राखेपको छ।

त्यस्तै घरेलु प्रतियोगिताहरू निरन्तर हुने कार्यतालिका समेत सार्वजनिक गरेको छ । यसले गर्दा वर्षैभरि खेलाडी व्यस्त रहनुले नेपाली फुटबलमा सम्भावनाको ठूलो मौकाका रूपमा हेर्न सकिने बताउँछन्– एन्फा प्रवक्ता किरण राई।

यस्तै कीर्तिपुरस्थित इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई पनि भूकम्पले चिराचिरा पारिदिएको थियो। अहिले उक्त सेन्टर पुनःनिर्माणकै क्रममा छ। भूकम्पपछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित कभर्ड हलमा पनि प्राविधिकले पहेँलो स्टिकर टाँसिदिएका थिए। तर, मर्मतबिनै त्यही कभर्ड हलमा विभिन्न प्रतियोगिताहरू गरिँदै आएको छ।

सबैखाले संरचना निर्माणसँगै खेलकूदलाई राष्ट्रिय दायित्वका साथमा जिम्मेवारीपूर्ण, समयसापेक्ष र आवश्यक पूर्वाधार तयार गर्दै धेरैभन्दा धेरै सम्भावनाका ढोका खोल्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ। 

राखेपका सदस्य सचिव केशवकुमार विष्टका अनुसार निर्माणाधीन संरचनालाई अन्तिम रूप दिने र नियमित प्रतियोगितालाई थप प्रभावकारी बनाएर अघि बढाउने तयारी गरेको जानकारी दिए।

राष्ट्रिय खेलकूद परिषद् र सबै सङ्घको एउटै आवाज अबको सम्भावनालाई मूर्त रुप दिने र सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता छ । यस्तोमा खेलकूद पर्यटन सम्भावनाका क्षेत्र पहिचान गर्दै पर्यटन र खेलकूदलाई एकै सिक्काको दुई पाटाका रूपमा विकास गर्ने लक्ष्य पनि राखेपले राखेको छ।
    
भूकम्पका कारण  खेल क्षेत्रले मात्र रु २० करोडभन्दा बढीको क्षति बेहोरेको थियो। नेपाली खेलकूदका अधिकाशं भौतिक संरचना तत्कालको आवश्यकता पूरा गर्न हतारमा बनाइएकाले त्यति धेरै क्षति बहोरेको र अब संरचना निर्माण गर्दा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताउछन्, राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्यसचिव युवराज लामा।

विसं २०५६ मा आठौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गरेको नेपालले २०१९ मा पनि १३ औं दक्षिण एशियाली खेलकूद गर्ने अवसर पाएको छ। क्षतिग्रस्त खेलकूदका संरचना यथाशक्य चाँडो निर्माण गरी उक्त प्रतियोगिता आयोजना गर्नु नेपालका लागि अहिले चुनौतीको विषय बनेको छ। 

-कुमार चौलागाईं/रासस

प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्