विराटनगर– मोरङ्ग र झापामा भएको सवारी दुर्घटनामा ८ वर्षीय बालकसहित २ जनाको मृत्यु भएको छ।
मोरङको केराबारी–८ चोक बजारमा को २ च १९३५ नम्बरको पिकअपले ठक्कर दिँदा स्थानीय होमबहादुर भण्डारीका छोरा ८ वर्षीय समिर भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।
पिकअप र चालक सुन्दरहरैचा नगरपलिका ६ का मनिष श्रेष्ठलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ।
यसैगरी झापाको मेचीनगर नगरपालिका ७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा भारतीय नागरिक ४५ बर्षीय डेनीजोन शर्माको मृत्यु भएको छ। उनी हाल सोही ठाउँमा बस्दै आएका थिए।
बाटो काट्दै गरेका शर्मालाई पश्चिम जाँदै गरेको ना ३ ख ४३९३ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।