काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारविरुद्ध कांग्रेस सडकमा उत्रनुको विकल्प नभएको बताएका छन्।
जुम्ला गोठीचौर गाउँपालिकाका विभिन्न दलसँग आबद्ध युवाहरुलाई पार्टी प्रवेश गराउने क्रममा पौडेलले कांग्रेसले संसदमा भूमिका बढाउँदै गएको बताए। प्रतिपक्ष दलको भूमिका अब सडकमा पनि देखिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘संसदको प्रभावकारीतासँग सडकमा पनि कांग्रेस जानुपर्छ।’
वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले जनताको सहभागितामा कांग्रेसले सडक रोज्नुपर्ने बताए।वाइडबडी काण्डमा मन्त्रीले झुटो विवरण पेस गरेको प्रति उनले आपत्ति जनाए। राज्यको ढुकुटी दुरुपयोगमा सरकारका मन्त्रीहरु लागेको उनको आरोप छ।
डा गोविन्द केसीका कारणले प्राप्त उपलब्धि लत्याउने काममा सरकार लागेको पौडेलले बताए।
राजधानीको गोंगबुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलबाट ३० भन्दा युवाहरु कांग्रेसमा प्रवेश स्याङ्जा –काठमाडौं नेविसंघ सम्पर्क समितिका अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।